Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउन : सुरक्षित र स्वच्छ खानपिनका ५ वटा जरुरी टिप्स

  • BBC
  • ६ वर्ष अगाडि

कोभिड–१९ को महामारीको बेलामा कैयन चिजमा परिवर्तन भइरहेको छ । कामकाज, सरसफाइदेखि खानपिनको तौर तरिकामा पनि परिवर्तन भएको छ ।

मानिसहरुको प्राथमिकतामा स्वास्थ्य तथा खासगरी खानपिन तथा स्वच्छताको मुद्दा अचानक आएको छ । यस्तो होइन कि पहिले मानिसहरुको प्राथमिकतामा यी चिजहरु पर्दैनथे । पक्कै नि खानपिन र स्वच्छता हाम्रो जीवनशैलीका लागि जरुरी नै थिए । तर त्यसमा मनपर्ने र मननपर्ने कुराहरुको पनि चर्चा हुन्थ्यो ।
यस समय मानिसहरुमा के खानपिनका कारण पनि कोभिड फैलिन्छ भन्ने चिन्ता थपिएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनलाई लिएर ५ वटा जरुरी टिप्स सेयर गरेको छ ।

१. सधै स्वच्छ रहनुहोस्
खाना बनाउनेभन्दा अघि र खाना बनाउने समयमा हात धुनु जरुरी छ । शैचालय गएपछि हात सफा गर्नुहोस् । खाना बनाउने ठाउँमा चुल्हो तथा भाँडाकुँडा राम्रोसँग धुनुहोस् र तीनलाई सेनिटाइज गर्नुहोस् । भान्सा घरमा हुने किरा तथा अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस्

२. काँचो खानालाई पकाइएको खानाबाट टाढा राख्नुहोस्
पोल्ट्री उत्पादन, काँचो मासुलाई खानपिनका अन्य चिजबाट अलग्गै राख्नुहोस् । काँचो खानालाई राख्दा फरक भाँडा तथा चक्कु तथा कटिङ बोर्डको प्रयोग गर्नुहोस् । तयार खाना तथा काँचो खानाका बचि कुनै पनि सम्पर्क नहोस भन्नका लागि यस्ता चिजलाई कन्टेनरमा राख्नुहोस् ।

३.खानालाई राम्रोसँग पकाउनुहोस्
खासगरी मासु, पोल्ट्री उत्पादन, अन्डालगायतलाई राम्रोसँग पकाउनुहोस् । सुप तथा स्टु जस्ता चिजलाई उमाल्दा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रम हुनु जरुरी हुन्छ । मासु तथा पोल्ट्री उत्पादन तयार गर्दा पनि ख्याल राख्नुपर्छ । सबैभन्दा राम्रो तरिका के हुन सक्छ भने तापक्रम जाँचका लागि थर्ममिटरको प्रयोग गर्नुहोस् । पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

४. सुरक्षित तापक्रममा खानालाई सुरक्षित गर्नुहोस्
पाकिसकेको खाना कोठाको सामान्य तापक्रममा २ घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस् । तयार भएको खाना खास गरी छिटो बिग्रने खानालाई फ्रिजमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुहोस् । खाना पस्कँनुभन्दा पहिले त्यसलाई कम्तीमा ६० डिग्री सेल्सियस तापक्रममा तताउनुहोस् । फ्रिजमा पनि खाना धेरे समयसम्मका लागि नराख्नुहोस् । फ्रोजन फूड अर्थात् जमेको खानालाई कोठाको सामान्य तापक्रममा पग्लिनका लागि छाडिदिनुहोस् ।

५. सफा पानी तथा स्वच्छ भोजन सामग्री
स्व्च्छ पानीको प्रयोग गर्नुहोस । यदी त्यस्तो उपलब्ध हुन सकेन भने यसलाई सुरक्षित प्रयोग गर्न मिल्ने गरी सफला गर्नुहोस् । ताजा तथा पौष्टिक खाद्या सामग्रीको प्रयोग गर्नुहोस् । यस्तो भोजन छनोट गर्नुहोस जसबाट जसको सुरक्षित प्रोसेसिङ भएको होस् । फल तथा तरकारी खानु अगाडि राम्रोसँग धुनुहोस् । खानेकुराको मिति नसकिएको भएमा मात्र  प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com