Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यस्ताे छ नेपालकाे नयाँ नक्सा

  • ६ वर्ष अगाडि

काठमाडाै, जेठ ८ गते । नेपाल सरकारले नेपालको अद्यावधिक राजनीतिक, प्रशासनिक संस्करणको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ । नक्सामा लिम्पियाधुरासहित काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बुधबार मन्त्रालयमा नक्सा सार्वजनिक गर्नुहुँदै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको अन्तर्राष्ट्रिय सिमानाको स्पष्ट अभिलेख महìवपूर्ण हुने बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार काली नदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अङ्ग हो । ” उहाँले भन्नुभयो, “काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटेर काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार पारिएको हो । ” उहाँले छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कूूटनीतिक प्रयासमार्फत सीमा समस्याको समाधान गर्न प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो । सीमाका विषयमा सिङ्गो राष्ट्र एकढिक्का भएको चर्चा गर्दै मन्त्री अर्यालले भन्नुभयो, “यो ऐतिहासिक घडीमा दृढ सङ्कल्प, अटल आत्मविश्वास र यथेष्ट प्रमाणहरूका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका हौँ । ”

उहाँले सीमा सुरक्षाप्रति नेपाली जनताले देखाएको चासो र दिएको साथप्रति आभार व्यक्त गर्दै नेपाल र नेपालीका लागि यो ऐतिहासिक सुखद क्षण भएको बताउनुभयो । मन्त्री अर्यालले राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै भन्नुभयो, “नेपाली जनताको यही मर्म र भावनाको जगमा उभिएर ऐतिहासिक तथ्य र प्रमाणले देखाएको सत्यको पथमा समर्पण भावनासाथ अघि बढ्ने प्रेरणा मिलेको हो । ” उहाँले नेपालको मानचित्र मात्र होइन, नेपालीको मन पनि बदलिएको चर्चा गर्नुहुँदै जनताको मनोबललाई समेत यस घटनाले अझ उच्च बनाएको बताउनुभयो । मन्त्री अर्यालले मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्न पाउँदा खुसी लागेकोसमेत बताउनुभयो ।

नेपालको भूभागलाई जोगाउन पूर्वजहरूले गरेको बलिदानी इतिहास स्मरण गर्दै मन्त्री अर्यालले भन्नुभयो, “पूर्वजहरूले रचेको भूगोलका कारण नेपाली भन्न पाएका छौँ । नेपाली हुनुमा गौरव गर्दछौँ । ” उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूूरा गर्ने दिशामा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार दृढ सङ्कल्पित रहेको चर्चा गर्नुभयो ।

मन्त्री अर्यालले अद्यावधिक गरिएको राजनीतिक, प्रशासनिक संस्करणको नक्सा प्रयोग गर्न नक्सा प्रयोगकर्ताहरूमा अपिलसमेत गर्नुभयो । उहाँले नक्सा प्रकाशनका लागि मार्गनिर्देशन गर्नुहुने प्रधानमन्त्री, सुझाव र सल्लाह दिने अभियन्ता, विज्ञ, नागरिक समाज, कर्मचारी, राजनीतिक दल र सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूप्रति आभार व्यक्त गर्नुभयो ।

नापनक्साका सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन, देशको मौजुदा कानुनअनुसार नापी विभागले नक्सा तयार पारेको हो । अद्यावधिक नयाँ नक्सा सार्वजनिक गर्न परराष्ट्र मन्त्रालयले जेठ ४ गते सहमति दिएको थियो । यसअघि सङ्घीय संसद्को विभिन्न समितिहरूको बैठकले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो । नापजाँच नियमावली बमोजिम गठित समितिको २०७६ फागुन १३ को बैठकले लिम्पियाधुरासहितको भूभाग समेटी नक्सा प्रकाशन गर्न सिफारिस गरेको थियो । जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको अद्यवाधिक नक्सालाई स्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com