Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

खाडी मुलुकमा ५० लाख जनाको रोजगारी संकटमा

  • ३ वर्ष अगाडि

काठमाडौं । अन्तर्र्रािष्ट्रय श्रम संगठन (आईएलओ)ले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)का कारण खाडी मुलुकमा मात्रै ५० लाख जनाको रोजगारी संकटमा पर्ने बताएको छ । आईएलओको अनुमानमा संसारभर १ अर्ब ९५ करोड व्यक्ति प्रभावित हुनेछन् । एसिया तथा प्यासिफिक क्षेत्र कोरोनाको मारमा झन् बढी पर्ने देखिएको छ ।

आईएलओको पछिल्लो दाबीलाई मान्ने हो भने एसिया तथा प्यासिफिक क्षेत्रका १ अर्ब २५ करोड मानिसमा रोजगारी संकट हुनेछ । यी आँकलनअनुसार नेपाल रोजगारी संकटको दोहोरो मारमा पर्दै छ । खाडी मुलुकमा हुने रोजगार कटौतीले नेपाली अर्थतन्त्रमा गम्भीर धक्का लाग्नेछ ।

लकडाउन अवधिकै कुरा गर्ने हो भने खाडी राष्ट्र र मलेसियाबाट नेपाल फर्किन चाहनेको संख्या निरन्तर बढ्दो छ । अहिले ती देशमा हरेक दिन रोजगारी कटौती भइरहेको छ । सरकारी तथ्यांकअनुसार तत्काल नेपाल फर्किन चाहनेहरूमा भिसा अवधि गुजारेका र कामको करार सकिएका मात्र छैनन्, पछिल्ला दिनमा कम्पनीबाट रोजगार गुमाएकाहरूको संख्या पनि निकै बढिरहेको छ । अझ केही देशका कम्पनीले कामदारलाई बेतलबी बिदामा राखेका छन् ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न सातवटा खाडी मुलुक पुगेका १३ लाख ४८ हजारमध्ये करिब ४ लाख ७ हजार जना अहिले नै नेपाल फर्किने पर्खाइमा रहेको बताए ।

बोर्डले खाडी मुलुक तथा मलेसियाका कूटनीतिक नियोगसँगको समन्वयमा गरेको अध्ययनले करिब २ लाख ८० हजार नेपाली कामदारले रोजगारी गुमाउँदै छन् । १ लाख २७ हजारभन्दा बढी करार अवधि सकिएका, भिसा म्याद गुजारेका तथा आममाफी पाएकाहरू छन् । उनीहरू तत्काल नेपाल फर्किन चाहन्छन् । अहिले उनीहरू नेपाल सरकारको मुख ताकेर बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खाडी राष्ट्रलगायत विभिन्न देशमा अलपत्र परेका कामदारलाई जतिसक्दो छिटो स्वदेश फर्काउन सरकारले सक्रियता दिएको बताए पनि सबै प्रक्रिया मिलाएर विमानमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् । बोर्डका निर्देशक श्रेष्ठका अनुसार भिसा म्याद र करार अवधि सकिएका एवं आममाफी पाएकाहरू तत्काल स्वदेश फर्किन चाहिरहेका छन् ।राजधनी र्दैनिक बाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

योजना आयोगमा तीन सदस्य नियुक्त

बजारमा आउन थाले विसं २०८० का पात्रो

ताजा समाचार

सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki