काठमाडौ । भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मध्यपुरथिमि नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरीसहित पाँच जनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गिरीले जेठ ८ गते बेलुका युवतीलाई ललाइफकाइ आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर आफ्ना साथी कवाङ लामासहित चार जनालाई बोलाइ बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडित युवतीले घट्नाको भोलिपल्ट महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भइ मध्यपुरथिमि ६ पुरानोथिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको र फरार अन्य चार जनाको खोजी भइरहेको जनाएको छ।