Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दिनभर हाइ आएर हैरान हुनुहुन्छ?

  • ६ वर्ष अगाडि

थकित हुने, पट्यार मान्ने, झिँझो, झर्को मान्ने, अल्छि गर्ने यो पुस्ताको विशेषता भइसकेको छ। दिन नै सुतेर बिताउने यो आधुनिक मानिएको जमानामा कामको समयमा हाइ आउनु, अल्छि लाग्नु कुनै नौलो कुरा होइन। तर रहनसहन, खानपिन र स्वास्थ्यको कारण सिर्जनशीलता देखाउने समयमा अल्छिपना देखिदाँ बुद्धिमान व्यक्तिले यसको निदानको उपाय खोज्छ।

किन अल्छि लाग्छ त?

निन्द्रा
निन्द्रा शरीरको आवश्यकता हो। राती राम्रोसंग निन्द्रा परेको छैन भने दिउँसो शरीरमा आलस्यता आउँछ। राती सुत्ने समय मोबाइल चलाउने नगर्नुस्। यसले तपाइको निन्द्राको गुणस्तर घटाउँछ, अर्थात शरीरले पर्याप्त आराम पाउँदैन अनि भोलीपल्ट थकित महसुस हुन्छ।

तर राम्रोसंग सुत्नुभएको छ भने पनि पट्यार लाग्ने, वा आलस्यता आउँछ, किन?

आलस्यसंग जुझ्ने केही उपाय छन्।

१. काममा फोकस गर्न सक्नुहुन्न, हाइ मात्र आइरहन्छ भने छोटो पावर न्याप लिनुस्। अर्थात केही मिनेटको लागि सुत्नुस्। १५-२० मिनेट टेबलमै टाउको अड्याएर सुत्नु भए हुन्छ। उठेपछि तपाइले फ्रेस अनुभव गर्नुहुनेछ।

२. स्वास्थ्यको लागि कफि पटक्कै राम्रो होइन। तर निन्द्रा र आलस्यतासंग झुझ्ने कारकार उपाय भने हो। निन्द्राले हैरान गरेको छ भने तातो कफि पिइदिनुस् तत्कालै राहत दिन्छ।

३. कुनै उपायले पनि आलस्यता भगाउँदैन भने केही बेर घर वा अफिसबाट निस्कनुस् अनि हिड्नुस। कम्पाउन्ड, आँगन वा बाटोसम्म पुग्नुस्, एकछिन टहलिनुस्। शारीरिक कर्मले शरीर खुलाउँछ, आलस्यता भगाउँछ।

४. दिनमा कति पानी पिउनुहुन्छ। यदी तपाइको पिसाबको रंग पहेँलो वा त्यो भन्दा पनि गाढा छ भने शरीरमा पानीको कमी भएको छ। प्रशस्त पानी पिउनुस। पिसाबको रंग सफा वा हल्का पहेँलो छ भने शरीरमा पानी पर्याप्त भएको बुझिन्छ। पानीले शरीरमा ताजापन र स्फूर्ति कायम राख्छ।

५. प्याकेट गरिएका अनि बासी खाना खाँदा शरीरले पर्याप्त उर्जा पाउन सक्दैन। उल्टै ती खाना पचाउन शरीरले आफ्नो संचित शक्ति खर्च गर्छ। फलतः निन्द्रा बढी लाग्ने हुन्छ। फलफुल र फ्रेस खाना खाने गर्नुस् शरीर स्फुर्त रहन्छ।

चिन्ता, तनाव र मनमा धेरै कुरा खेलाउने व्यक्ति, अर्थात आफ्नो विचार माथी राम्रो नियन्त्रण नहुँदा शारीरिक र मानसिक थकाइ लाग्ने हुन्छ। त्यसैले बिहान सबेरै उठ्ने गर्नुस, कसरत, व्यायाम, योगा गर्नुस्। यसले हाइ आउने समस्या मात्र होइन अन्य थुप्रै शारीरिक र मानसिक रोग पनि निको पार्दछ। source:nepalihedline

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
उद्यमीलाई बिनाधितो ऋण उपलब्ध
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com