Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या २७ पुग्यो

  • ६ वर्ष अगाडि

पोखरा, जेठ १९ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशका ६ जिल्लाका २७ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य बागलुङमा ८ जना, स्याङ्जामा ७ जना, नवलपरासीमा ९ जना, तनहुँमा १, म्याग्दीमा १ र लमजुङमा १ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित पुष्टी भएका अधिकांश विदेशबाट आएकाहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिदै आएको छ । संक्रमित २७ जना मध्य हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बागलुङका १९ वर्षी युवती, ६५ वर्षीय महिला र लमजुङ स्थायी घर भई काठमाडौंमा संक्रमण पुष्टी भएका तीन वर्षीय बालक निको भई घर फर्कीसकेका छन् ।

गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म तीन हजार ४९३ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ५४ जनामा कोरोना संक्रमण नदेखिएको र ४१५ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टी भएका पुर्वी नवलपरासीका तीनै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार बिहान कावासोती नगरपालिका ठेगाना भई नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षका दुई पुरुष र विनयत्रिवेण्ी गाउँपालिकाको ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १४ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com