Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङबासीका लागि खुसीकाे कुरा- बन्ने भाे व्यवस्थित ढल निकास

  • ६ वर्ष अगाडि

बागलुङ, भदौ १९ गते । बागलुङ बजार क्षेत्रमा व्यवस्थित ढल निकासको कामले गति लिएको छ । बजार क्षेत्रमा रहेको अव्यवस्थित ढलको व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदुषणलाई रोक्नका लागि व्यवस्थित ढल निकासको काम सुरु गरिएको हो । बागलुङ बजारमा व्यवस्थित ढल नभएकाले बीच–बीचमा फुट्दा बजारनै दुर्गन्धित हुने र घरमा उत्पादन भएको पानीसँगै शौचालय समेत ढलमा मिसाइदा नदी प्रदुषित भएका कारण व्यवस्थित ढल निर्माणको काम सुरु भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

ढल व्यवस्थापनका लागि खानेपानी तथा ढल निकास विभागमार्फत बागलुङ बजारको ढल व्यवस्थापनका लागि करिब ७० करोड रुपियाँमा सम्पन्न गर्ने गरी त्रिवर्षीय योजनामा समावेश भएको नगरप्रमुख पौडेलले बताउनुभयो । ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजार क्षेत्रका सबै क्षेत्रलाई समेट्नेगरी बागलुङ नगरपालिकाले डिपिआर गर्नुपूर्व नै पटक पटक सर्वपक्षीय छलफल समेत गरेको थियो ।

सर्वपक्षीय छलफलका आधारमा नगरवासीको सुझाव सहित डिपिआर तयार भएको र सोही अनुसार चालु आर्थिक वर्षमा काम गर्नेगरी १२ करोड रुपियाँ बजेट विनियोजन भएको नगरप्रमुख पौडेलले बताउनुभयो । नेपाल सरकारमार्फत विनियोजन भएको बजेटमा बागलुङ नगरपालिकाको समेत केही प्रतिशत लगानी रहनेछ ।
ढल व्यवस्थापनका लागि बागलुङ बजारमा दुईवटा मेन लाइनमार्फत ढल नदीमा मिसाउँने गरी काम सुरु हुनेछ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल खनियाघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइनेछ ।

बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने आयोजनाले जनाएको छ । ढल निकासको प्रमुख पाइपलाइन, शाखा लाइन, घरघरमा च्याम्बर र ट्रिटमेन्ट प्लान्ट समेत निर्माण हुनेछन् । ‘यस क्षेत्र धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण गन्तव्यपनि हो, हिन्दु धर्मावलम्बीले सालिग्राम पाइने नदीको रुपमा पुज्ने नदी कालिगण्डकी दिनप्रतिदिन प्रदुषित हुँदै गएकाले त्यसको धार्मिक तथा महत्वलाई ख्याल गरेर शुद्ध पानी मात्र कालिगण्डकी नदीमा मिसाउने योजना बनाएका हौं ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकासका लागि लामो समयदेखिको प्रयास अहिले सफल भएको नगरप्रमुख पौडेलले बताउनुभयो । बागलुङ बजार मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्ट भएकाले यस नगरलाई सुन्दर र समृद्ध बनाउँनका लागि ढल निकास आवश्यक रहेकाले ढल निर्माणको काम सुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले तय गरेको ‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध साँस्कृतिक बागलुङ नगर’को नारालाई सार्थकता तुल्याउँनका लागि ढल निकासलाई प्राथमिकता दिएको जनाइएको छ । ढल निकासको प्रमुख पाइपलाइनसँग बागलुङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारका बजार क्षेत्रका सबै घरमा पाइपलाइन विस्तार गरी शुद्धिकरण प्रविधि प्रयोग गरी ढल नदीमा मिसाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com