Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

  • ६ वर्ष अगाडि

पोखरा, जेठ २० गते । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षका पुरुष र विरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै पर्वत जिल्लामा पहिलोपटक कोरोनाका संक्रमित भटिएका छन् । पर्वतको कुश्मामा रहेको क्वारेन्टाइनमा बसेका फलेवास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टी भएका १० जनानै स्थानीय तहको समन्वयमा भारतबाट नेपाल भित्रिएका थिए । उनीहरुलाई नेपाल भारत सिमाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । अहिलेसम्म गण्डकी प्रदेशका ११ जिल्ला मध्य स्याङ्जामा १२, नवलपरासीमा नौ, बागलुङमा आठ, पर्वतमा पाँच, तनहुँमा एक, म्याग्दीमा एक र लमजुङमा एक जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्य बागलुङका दुई र लमजुङका एक जना निको भएर घर फिर्ता भइसकेका छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिदै आएको छ । गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबारसम्म तीन हजार ७०१ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३०९ जनामा कोरोना संक्रमण नदेखिएको र ३६३ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com