पोखरा, असार १ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९्र बाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ । सोमबार बिहान तनहुँका पाँच र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या २०५ पुगेको हो । गण्डकी स्वास्थ्य निर्देशदालयकाका अनुसार सोमबार बिहानसम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्य नौं वटा जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
सोमबार बिहान तनहुँको घिरिङ गाउँपालिका स्थायी घर भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४५, २२, २७, २७ र ४६ वर्षका पुरुषमा तथा नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी घर भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुटी भएको थियो ।
नयाँ संक्रमित थपिएका तनहुँका पाँच जनालाई शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला स्वास प्रस्वास केन्द्रको आइसोलेसन र नवलपरासीका संक्रमितलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखेर उपचार गर्न सुरु गरिएको छ । नयाँ संक्रमण पुष्टी भएका छ जनानै भारतबाट आएर स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा ६० जना, नवलपरासी पुर्वमा ४६ जना, बागलुङमा ४० जना, पर्वतमा २६ जना, गोरखामा १५ जना, कास्कीमा ५ जना, तनहुँमा ९ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २०५ जना मध्य अहिलेसम्म २० जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेका छन् ।
सोमबार बिहानसम्म गण्डकी प्रदेशमा छ हजार ६७ जनाको स्वाब परीक्षण गरिसकिएको र दुई हजार ३७६ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।