Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खल्तीको मोबाइल वालेटमा नै रेमिट्यान्स सेवा

  • ३ वर्ष अगाडि

काठमाडौँ । विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ । खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ । सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याउन थालेको हो ।

खल्तीले यी दुई मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा शुरु गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर विप्रेषण कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनुपर्ने झञ्झटसमेत अन्त्य भएको छ । जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनी ट्रान्सफरको नजीकैको एजेन्ट कहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेबाइल खातामा सिधै रकम पठाउन सक्नेछन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेबाइल एपबाटै ट्रान्सफर गर्न सक्ने भएका छन् । त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखामा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । सिटीको जापानमा टोकियो सिन्जुकु, नागोया, फुकुओका र तेचिगीमा शाखा रहेका छन् ।

यस्तै जी रेमिटका कोरियामा सोललगायत विभिन्न तीन शहरमा शाखा छन् । सिटी एक्स्प्रेसका व्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय विप्रेषण कम्पनीसँग सहकार्य गरेर विप्रेषण भित्र्याइरहकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत विप्रेषण भित्र्याउन थालेको हो । विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा विप्रेषण पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाई धेरै सहज भएको उहाँले जानकारी दिनुभयो । खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट विप्रेषण ल्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताउनु हुन्छ । मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनाका साथै फजुल खर्च हुने सम्भावनासमेत कम हुने बताइन्छ । खल्ती नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । यसका प्रयोगकर्ताको सङ्ख्या १३ लाखभन्दा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com