Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१३१ जना असहाय महिलालाई निःशुल्क बाख्रा वितरण

  • ३ वर्ष अगाडि

प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय खरी जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता सीताराम केसीले बताउनुभयो । पालिकाका सात वटा वडाका एकल महिलाले बाख्रा पाएका छन् । सोका लागि मुख्यमन्त्री कार्यक्रममार्फत रु सात लाख बजेट विनियोजन गरिएको थियो ।

वृद्धवृद्धा सम्मानित
गाउँपालिका क्षेत्रका एक सय वृद्धवृद्धालाई सम्मान गरिएको छ । सामाजिक संरक्षण कार्यक्रममार्फत उनीहरुलाई सम्मान गरिएको हो । तिनलाई हर्लिक्स, थर्मस, छाता, कम्बललगायत सामाग्री वितरण गरिएको सहजकर्ता केसीले बताउनुभयो । सो कार्यक्रमका लागि रु तीन लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।
त्यस्तै कार्यक्रममार्फत गौमुखी क्षेत्रका ७ वडामा तीन वटाको दरले २१ प्लाष्टिक टनेल, दुई नर्सरी स्थापना, सात उत्कृष्ट कृषकलाई सम्मानलगायत कार्यक्रम गरिएको थियो । त्यस्तै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका १६ कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई सहयोग पु¥याउने उदेश्यले प्लाष्टिक टनेल वितरण गरिएको सहजकर्ता हेमराज अधिकारीले बताउनुभयोे । यसको प्रयोगले मौसमी तथा बेमौसमी तरकारी खेती गरी व्यावसायिक कृषक बन्नका लागि भूमिका खेल्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com