Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कैलालीका स्थानीय तह बाढीको पूर्वतयारीमा जुटे

  • ५ वर्ष अगाडि

लम्की। सुदूरपश्चिममा केही दिनदेखि अविरल वर्षा भइरहेपछि यहाँका स्थानीय तह बाढीबाट हुने जोखिम न्यूनीकरणको पूर्वतयारीमा जुटेका छन् । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह बाढीबाट हुने क्षतिलाई कम गर्न पूर्वतयारीमा लागेका हुन् । टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले बाढीको जोखिमबाट बच्न राहत तथा उद्धारका सामग्री खरिद, स्थानीयस्तरमा छलफल तथा उद्धार टोली तयारजस्ता कार्य थालेका छन् ।

“ वर्षा शुरु भएकाले यहाँका नदीमा पानीको बहाव पनि बढेको छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्नुहुन्छ, “स्थानीयस्तरमा छलफल, उद्धारका सामग्री तयारी अवस्थामा राख्ने काम भइसकेको छ । विपद् व्यवस्थापन समितिको बैठक बसेर बाढी आउनसक्ने जोखिम र यसबाट बच्ने उपायबारे पनि सरोकारवालाबीच छलफल भएको छ ।” उहाँले टीकापुर नगरपालिकामा बाढी आएका नागरिक राख्न करिब एक दर्जन घरसमेत निर्माण भएका बताउनुभयो । “यहाँ बाढी र कटानको जोखिम छ, हरेक वर्ष कुनै न कुनै बस्ती डुवानमा पर्छ”, उहाँले भन्नुभयो, “हामी कटान र डुबानबाट नगरलाई बचाउन सधैँ प्रयासरत छौँ । यहाँ रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी कटान रोक्न तटबन्ध कार्य गरिरहेको छ ।”

सिँचाइ आयोजनाले आयोजनाको सिँचित क्षेत्रका कटानको जोखिम रहेका एक हजार ७०० भन्दा बढी स्थानमा तटबन्धको कार्य गरिरहेको छ । आयोजनाले तटबन्ध निर्माण थालेपछि केही बस्ती भने जोगिएका छन् । कैलालीमा हरेक वर्ष वर्षात्को समयमा डुबान तथा कटानबाट धनजनको क्षति हुने गर्दछ । यस वर्ष फेरि वर्षासँगै कोरोनाको त्रास पनि थपिएको छ । कोरोनाको समस्या समाधान नहँुदै अर्को विपत्ति आउने सम्भावना रहेकाले नागरिकमा त्रास बढेको हो ।

स्थानीय तह एकातिर कोरोना नियन्त्रण तथा रोकथाममा जुटिरहेका छन् भने अर्कोतिर वर्षासँगै आउन सक्ने बाढीबाट हुनसक्ने क्षतिलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा तयारी गरिरहेका भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । “बाढी आएका सबैभन्दा बढी जोखिममा पर्ने पालिका भजनी हो । सोमबार आएको वर्षाले केही घर डुबानमा परिसकेका छन्”, उहाँले भन्नुभयो, “लगातार वर्षा नरोकिएपछि नागरिक त्रासमा छन् । हामी बाढी आएमा कसरी नागरिक उद्धार गर्ने, कसरी व्यवस्थापन गर्ने भनी तयारीमा जुटेका छौँ ।”

वर्षात्को समयमा कैलालीको पूर्वी क्षेत्रमा कर्णाली, मोहना, पथरैया, काडा र कन्द्रा नदीमा आउने बाढीले वर्षेनी सयौँ बिघा जमिन कटान तथा डुबान गर्ने गर्छ । यी नदीको विभिन्न क्षेत्रमा पानीको बहाव नाप्ने मिटर राखिएका छन् । मिटररिडरले पानीको बहाव घटे वा बढेको सूचना तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दिने गर्छन् । यसले नागरिकलाई सचेत रहन र क्षतिलाई केही मात्रामा कम गर्न सघाउँछ ।

कर्णाली नदीमा १० मिटर पानीको बहाव भएपछि तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना दिने गरेको कर्णाली चिसापानी गेज स्टेशनकी गेजरिडर पार्वती गुरुङ बताउनुभयो, “मैले निरन्तर तटीय क्षेत्रका नागरिकलाई सूचना दिने गरेकी छु, अचेल त मेरो फोन निकै व्यस्त हुन्छ । नदीमा पानीको बहाव बढ्दै गएको छ ।” उहाँले विपत्तिले धनी–गरिब केही नभन्ने हुँदा पूर्वतयारीमा जुट्नु नै उत्तम उपाय रहेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com