Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पानी पर्न थालेपछि काठमाडौँमा फोहर व्यवस्थापन गर्न समस्या

  • ३ वर्ष अगाडि

काठमाडौँ । पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ ।

समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन हँुदै आएको छ ।

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षात्को समयमा समस्या हुने गरेको थियो । अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा विसर्जन गरिर्दै आएको छ । जुन स्थान दुई वर्षको लागि लिएको थियो ।

सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करिब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहर उठाउने कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । विभिन्न कारणले काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षात्को समयमा फोहर विसर्जन कार्य समस्याको विषय बन्दै आएको छ ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हँुदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको १८ स्थानीय तहबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

संकल्प यात्रा प्रभावित हुँदैन – एमाले बागलुङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

ताजा समाचार

उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
उत्कृष्ट ¥याली प्रदर्शनमा : विद्यामन्दिर मा वि प्रथम
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कालिका भगवती मन्दिरमा पूजा अर्चना
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
राष्ट्रिय शक्ति अरूबाट होइन नेपाली जनताको बिचबाट निस्किनु पर्दछ ः केपी ओली
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   
नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार   

ट्रेन्डिङ

कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

संकल्प यात्राको समूहलाई स्वागत गर्न गण्डकी प्रदेशका नेता पातीहाल्नेमा

बागलुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

राउटेका मुखियाबाट ओलीलाई कोही उपहार

बागलुङमा एमालेको संकल्प यात्राको तयारी तीव्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com