Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दाङमा बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या

  • ३ वर्ष अगाडि

दाङ ।दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पनि व्यवस्थापन गर्न अवरोध आएपछि समस्या भएको बताउनुभयो । बेवारिसे शव व्यवस्थापन तुलसीपुरमै गर्ने तयारी गर्न थालिएको चार दिन बितिसक्दा पनि अझै कुनै निष्कर्ष निस्कन नसकेको उहाँको भनाइ छ ।

यसअघि जिल्लामा आफन्त कोही नभएकी तुलसीपुरकी फेसबुक लाइभमार्फत आत्महत्या गरेकी युवतीको शव व्यवस्थापनका लागि पनि कठिनाइ भएका प्रनाउ सिंहले बताउनुभयो । पछि उनको शव रोल्पामा रहेका उनका आफन्तकहाँ थियो । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमान्दा तुलसीपुरलाई शव व्यवस्थापनको समस्या भएको प्रनाउ सिंह बताउनुहुन्छ । तुलसीपुरमा केही समय अगाडि रोल्पाका एक संक्रमितलाई वडा नम्बर १२ मा लगेर व्यवस्थापन गरिएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देव परीक्षण गर्ने काममा कुनै रोक नगरिएको बताउनुहुन्छ । प्रतिष्ठानमा सरसफाइ गर्नुपर्ने वा कुनै अत्यावश्यक काम हुँदा रोकिएको हुन सक्ने उहाँले बताउनुभयो । “जुनकुनै अस्पतालमा पनि कहिलेकाहीँ पोष्टमार्टम नहुन सक्छ, त्यसलाई आधार बनाएर गरेन भनेर प्रचार गरिनु ठीक भएन”, देवले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki