Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हिलाम्य सडक: पैदलयात्रीलाई सास्ती

  • ५ वर्ष अगाडि

बागलुङ । निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक वर्ष सकिनैलाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन् । सवारी गुडाउन बनाइएका सडकमा पैदलयात्रा गर्न समेत कठिन रहेको बागलुङ नगरपालिका–९ तित्याङका हीराबहादुर खड्काले बताउनुभयो । “बिहान खेतीपातीमा जाँदा हिँडेको बाटो साँझ फर्किने बेला हिँडिसक्नु हुन्न”, खड्काले भन्नुभयो, “पानी पर्न थालेपछि जमिन भत्काउन थाल्छन्, सधैँको सास्ती भयो ।”

सदरमुकाम बागलुङबजार र मध्यपहाडी लोकमार्गको घोडाबाँधे बुर्तिबाङ, पातिहाल्ने खण्डबाहेक जिल्लाका सडक कच्ची छन् । कच्ची सडकका कारण वर्षायाममा सबैभन्दा बढी मर्कामा पैदलयात्री पर्ने गरेका छन् । “बाटो हिलाएको खेतजस्तै भएको छ, गाडी त चल्दैनन्, पैदल हिँड्नसमेत कठिन हुने”, बरेङ गाउँपालिका–१ का सकसबहादुर क्षेत्रीले भन्नुभयो, “सधैँको सास्ती दिने यो कस्तो विकास हो ?”वर्षामा भत्काइएका सडकले मानवबस्ती तथा सार्वजनिक निकायका संरचनामा समेत असर गर्ने गरेको छ । स्थानीय सरकारले चलाएकाभन्दा प्रदेश सरकार र केन्द्र सरकारसँगको साझेदारीमा बनिरहेका सडक वर्षा लागेपछि मात्रै काम शुरु हुने गरेका छन् । गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको सझेदारीमा बनिरहेको तित्याङ–ठुलढुङ्गा सडक साझेदारीमा निर्माण हुने सडकको ज्वलन्त उदाहरण हो ।

लकडाउनका कारण रोकिएका साझेदारीका काम रकम फ्रिज हुने भएपछि अन्तिम समयमा धमाधम भइरहेका छन् । सडकका संरचना बनाउनेभन्दा कटिङका काम धेरै हुँदा हिलो र बाढीले सास्ती दिने गरेको छ । कोभिडका कारण समयमा काम नसकिएकाले सबै निर्माण व्यवसायीले अन्तिम समयसम्म काम गर्नुपरेको निर्माण व्यवसायी दीपेन्द्र खड्का बताउनुहुन्छ । “निरन्तरको वर्षाले नयाँ बनेका काममा स्थानीयवासीलाई मात्रै होइन, हामीलाई समेत बाधा छ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार काम गर्नुपर्ने छ, तर जताजतै समस्या छन् ।” पूर्वाधार निर्माणका काम म्याद थपेर गर्ने योजना रहेको भए पनि नाली निर्माण र तारजाली भर्नेजस्ता काम समयमा नसक्दा थप समस्या उत्पन्न हुने भएकाले वर्षामा समेत निर्माण कम्पनीलाई काम गर्न लगाइएको बागलुङ नगरपालिकाका इञ्जीनियर मनोज शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com