Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आठ जिल्ला कोभिड– १९ मुक्त

  • ३ वर्ष अगाडि

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन् । नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०÷१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ÷छ जना, बाँके र दाङमा पाँच÷पाँच जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई÷दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक÷एक जना सङ्क्रमित रहेका छन् ।

उहाँका अनुसार आज कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

यसैगरी नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्कादेशभन्दा पिसिआर परीक्षण धेरै गरेको छ । नेपालले प्रति १० लाखमा १० हजार ८२७ जनाको पिसिआर परीक्षण गरेको छ । अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोभिड– १९ बाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com