तौल बढ्नुको पछि धेरै कारण हुनसक्छन् । खानपीनको खराब बानीले पनि तौल बढ्ने हुन्छ । यसो त सुन्तुअघि गरिने धेरै गल्तिले तौल बढ्ने गर्छ । जान्नुहोस्, सुत्नुअघि केके गर्दा असवस्थ भइन्छ:
१. धेरै खानु – सुत्नअघि धेरै खाना खाएमा पाचन प्रक्रिया ढिलो हुनजान्छ । यस्तो अवस्थामा क्यालोरी शरीरभित्रै जम्मा हुन थाल्छ र मोटोपन बढ्दै जान्छ । टिभि हेर्दै खाना नखानुहोस् । प्रोटीन र साग–सब्जी बढी खानुहोस् ।
२. खाना नखाने – बेलु्का खाना नखाएमा शरीरमा मेटाबोलिज्म ढिलो हुन जान्छ । बिहान चाँडै भोक लाग्छ र धेरै खानुहुन्छ । यदि बेलुका कम भोग लागेको छ भने सलाद, फलफूल वा दही मात्रै खाएर सुत्नुहोस् ।
३. तारेको खाना खानु – तेलमा तारेको खानाले शरीरमा क्यालोरीको मात्रा बढाउँछ । रातमा शरीरले क्यालोरी पचाउँन सक्दैन, जसले मोटोपन बढाउँछ । उसिनेको वा कम तेल भएको खाना खाने ।
४. कार्बोहाइड्रेड खाना खानु – पिज्जा, पास्ता जस्ता कार्बोहाइड्रेट भएको खानामा क्यालोरी बढी हुन्छ । यस्ता खाना राति खाएर सुतेमा तौल बढ्छ । त्यसैले, रातीको खानामा प्रोटीन, सागसब्जी तथा फलफूल खानुहोस् ।
५. स्न्याक्स फूड खानु – खाना खाएपछि स्न्याक्स फूड जस्तै, विस्कूट, चकलेट खाएमा ‘ओभरइटिङ’ हुन्छ । स्न्याक्समा पाइने एम्प्टी क्यालोरिजले तौल बढाउन थाल्छ । खानापछि पनि केही खाने बानी छ भने सौफ वा ल्वाङ तथा अलैँची चपाउनुहोस् ।
६. आइसक्रिम तथा मिठाई खानु – मिठाइमा बढी क्यालोरी हुन्छ । यसले शरीरमा ‘फैट डिपोजित’ बढाउँछ । त्यसैले सुत्नअघि मिठाई भरसक नखाने वा कम खाने ।
७. खाने बित्तिकै सुत्नु – खाने बित्तिकै सुत्नु बानीले शरीरले क्यालोरीलाई पचाउने वा पाचन क्रियाका लागि समय हुँदैन । सुत्न ३ – ४ घण्टा अगाडि खाना खानुहोस् । खाना खाएपछि थोरै हिड्नुहोस् ।
८. राति अबेरसम्म नसुत्नु – निन्द्रा पुरा नहुँदा मेटाबोलिज्म ढिलो हुन्छ, जसले फैट बर्न हुँदैन र भोग बढी लाग्छ । दैनिक ६ – ८ घण्टा निँन्द्रा अवस्य लिनुहोस् । सुत्ने समय निश्चित गर्नुहोस् ।
९. कफि वा मदिरा पिउनु – सुत्नुअघि कफि वा मदिरा पिउनाले निन्द्राको समस्या हुनसक्छ । एम्प्टी क्यालोरीका कारण तौल बढ्न सक्छ । एक कप ग्रिन टी पिउनुहोस् । चिनी नलिनुहोस् वा कम लिनुहोस् ।