Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

वर्षाका कारण चार राष्ट्रिय राजमार्ग ठप्प

  • ५ वर्ष अगाडि

काठमाडौँ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।

देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उकरणबाट काम गरिहरेका छन् ।”

पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । उक्त सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय स्थानमा आंशिकरूपमा मात्रै सञ्चालन गराउने काम भइरहेको छ ।”

देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताउनुभयो । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ । त्यसको बीचमा झण्डै १७ किमी सडक अवरुद्ध रहेको छ । सोही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।”

अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्नसक्ने महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “बेलिब्रिज राखेर सडक सञ्चालन गर्नुपर्ने हुनसक्छ ।”

बेनी–जोमसोम सडकमा ८÷१० ठाउँमा सडक अवरुद्ध रहेको छ । त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ । कणार्ली राजमार्गमा सामान्य पहिरो गइरहे पनि सफा गरिएको छ ।

विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभागअन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । विभागले वर्षा शुरु हुनुपहिले नै १८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भन्नुभयो, “नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ ।”

विभागले सडक अवरुद्ध हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताउनुभयो । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवगमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।”

विगतका वर्षभन्दा पहिले नै वर्षा शुरु भएकाले सडक बढी अवरुद्ध भएको विभागले जनाएको छ । यो वर्ष साउनको शुरुबाट अहिलेसम्म दैनिक वर्षा भइरहेको छ । भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा ट्राफिक सप्ताह सकियो

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

ताजा समाचार

कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
कालीगण्डकी नदीको संरक्षण तथा प्रचारप्रसार गर्न देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा
बागलुङ नगरपालिका र  उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक  (बजेटको पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

ट्रेन्डिङ

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सरकारकाेे आर्थिक वर्ष २०८२/ ८३ बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)

बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा ‘आइटिसी इनोभेटिभ ट्रेनिङ सेन्टर’ सञ्चालनमा

इमेज पीडित संघर्षले लगायो इमेज भवनमा ताला

नाग्लिवाङका आमा समुह सदस्यहरुलाई ड्रेस वितरण

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com