Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बन्दाबन्दीमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

  • ३ वर्ष अगाडि

काठमाडौँ । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ ।

गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएइ) बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक बढी प्रभावित हुँदा त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या उच्च देखिएको हो । खाडी मुलुक र मलेशियामा मात्रै झण्डै २० लाख नेपाली कार्यरत रहेको अनौपचारिक तथ्याङ्क छ ।

उद्धार उडानमार्फत बहराइनबाट ९८०, बङ्गलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली स्वदेश फकिएका छन् । सबैभन्दा बढी नेपाली ध्वजाबहाक नेपाल एयरलाइन्सबाट स्वदेश फर्केका छन् ।

यस्तै हिमालयन एयरलाइन्स, जजिरा एयरलाइन्स, कतार एयर, मालिन्दो एयर, एयर अरेबिया, टर्किस एयरलाइन्स, मलेशियन एयर, सिल्क एयर, कोरियन एयरलगायतबाट पनि नेपाली स्वदेश फर्किएका हुन् ।

उद्धार उडानमार्फत स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले जनाएको छ । गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने निर्णय गरेको थियो । सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com