Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु

  • ३ वर्ष अगाडि

जाजरकोट ।जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताउनुभयो ।
यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ ।
जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा, दक्षजनशक्ति र आधुनिक उपकरणका अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्यचौकीमा २०७५ देखि अहिलेसम्म ९९२ सुत्केरीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै आज नलगाड नगरपालिका–५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । सुत्केरी हुने मिति साउन २१ गते भए पनि गए राति घरमा लडेका कारण पेट दुखेपछि उनमा समस्या आएको थियो ।
समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पु¥याइए पनि शिशुको पेटमै मृत्यु भइसकेका कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । राष्ट्रपति उद्धार कोषमार्फत उहाँलाई उद्धार गरिएको थियो ।
बुधबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे–गाउँपालिका– २ का नैने दमार्इँलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमार्इँको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki