Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

‘आफ्नै लागि मास्क’ अभियान शुरु

  • ३ वर्ष अगाडि

खाँदबारी । सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि सङ्खुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान शुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।

सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो । सो क्रममा स्थानीय व्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेलाई निःशुल्क मास्क वितरण गरेका थिए । अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको सङ्घका उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरवाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारवाही गर्ने योजना रहेको जानकारी दिनुभयो । “आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki