Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना प्रभावितलाई उद्यमशील बनाइने

  • ५ वर्ष अगाडि

कर्णाली । वीरेन्द्रनगर नगरपालिकामा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाउन आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ । कोरोनाका कारण रोजगारी गुमाएका तथा कोरोना सङ्क्रमित परिवारलाई आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा यस्तो योजना ल्याइएको हो ।

नगरपालिकाले जिल्ला लघुउद्यमी सङ्घमार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोड्ने जनाएको छ । राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको बताउनुभयो । कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ ।

“युवाहरुको रुची तथा चाहनाअनुसार व्यावसायिक तथा सीपमूलक तालीम प्रदान गरी नयाँ उद्यमी बनाइनेछ,” उहाँले भन्नुभयो, “तालीमपश्चात् बजार भएको सम्भावित स्थानमा उद्यम व्यवसाय सञ्चालन गर्न सक्छन् ।” व्यवसाय सञ्चालनका लागि सेवाप्रदायक संस्थाले व्यवसाय शुरु तथा सुधारसम्बन्धी तालीम सञ्चालन गर्ने, सीपअनुसारको व्यवसाय सञ्चालनका लागि उपयुक्त प्रविधि उपलब्ध गराउने, आवश्यक पर्ने आर्थिक रकमका लागि वित्तीय संस्थासँग समन्वय गर्नेलगायतका सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com