Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

यी हुन मोटोपनका प्रमुख कारणहरु

  • डा. ओम मुर्ति अनिल
  • ६ वर्ष अगाडि

यदि तपाई धेरै खानुहुन्छ र प्रयाप्त शारीरिक गतिविधि गर्नुहुन्न भने खानाबाट शरिरले प्राप्त गरेको क्यालोरी खर्च नभएर बोसोको रुपमा शरीरमा जम्मा हुनथाल्छ । यस्तो भएमा तपाईं मोटो हुन थाल्नुहुन्छ । मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । वैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप, मधूमेह, र उच्च कोलेस्ट्रोल जस्ता रिस्क फैक्टर्सहरुको सृजना गरेर हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ । त्यसैले यदि तपाईको परिवारको कुनै सदस्य मोटो हुनुहुन्छ भने खानपिन सहितको जीवनशैलीमा परिवर्तन गरी तौल घटाउन सल्लाह दिनुपर्दछ ।

मोटोपन हुनुको प्रमुख कारणहरु
मोटोपनाका विविध कारणहरु मध्ये अस्वस्थ्य आहारको अत्यधिक सेवन र शारीरिक गतिविधिमा कमी नै प्रमुख हुन् । प्रशस्त मात्रामा खाना खाने तर शारीरिक गतिविधि कम गर्ने भएमा हाम्रो शरीरमा खानाबाट प्राप्त हुने क्यालोरी बोसोको रुपमा जम्मा हुनथाल्छ । बोसो विशेष गरेर छालामुनि र पेटमा जम्मा हुन्छ । गुलियो र चिल्लो खानामा क्यालोरी बढी हुने भएकोले यस्तो खाना खानेहरुलाई मोटोपना हुने सम्भावना बढी हुन्छ । खानपिन बाहेक वंशानुगत कारणले पनि मोटोपना निम्त्याउन सक्छ । कहिलेकाही थाइराइड हार्मोनको कमीले पनि मोटोपना हुनसक्छ ।

व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् । फास्टफूडको बढ्दो लोकप्रियताले पनि मोटोपनाको महामारी फैलाएको हुनसक्छ । फास्टफुडमा शरीरलाई हानि गर्ने लगभग सम्पूर्ण तत्वहरु मिसाइएको हुन्छ । अर्को अर्थमा फास्टफूड भनेको हामीलाई अस्वस्थ बनाउने एउटा षडयन्त्र हो जसमा चिनी, बोसो र नुनले प्रमुख भूमिका खेलेको हुन्छ ।

मोटोपनाको प्रकोप
मोटोपनालाई धेरै रोगको जड्को रुपमा मानिन्छ । मोटोपना भएमा उच्च रक्तचाप, मधूमेह र उच्च कोलेस्ट्रोल हुने सम्भावना बढी हुन्छ । मोटोपना आफैमा हृदयघात र मस्तिष्कघातको एउटा प्रमुख कारणको रुपमा पनि चिनिन्छ । मोटोपनाले बाझोपना, जोर्नीको समस्या, पेटको समस्या, स्वास्वाहुने र खुट्टा सुन्निने आदि समस्या पनि सृजना गर्नसक्छ ।साभार : लाइभमाण्डु

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com