काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ।
मंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।