माधव पक्षले जोगायो कर्णालीमा शाही सरकार

काठमाडौं, वैशाख ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगिएको छ। मुख्यमन्त्री शाहीलाई काँग्रेस र एमालेको माधव नेपाल समूहले साथ दिएपछि उनी नेतृत्वको सरकार जोगिएको हो ।

विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीले फ्लोरक्रस गरेका हुन्।

माधव समूहका ४ जना तथा काँग्रेस र राप्रपाका सांसदहरुले शाहीले राखेको विश्वासको मतको पक्षमा मतदान गरेका छन्। शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। उनले ४० सदस्यीय प्रदेशसभामा २२ मत पाएका छन्। जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार