प्रतिनिधिसभा भंग गर्ने गिरिजा देखि केपि सम्मा! कसले ,किन गरे भंग?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रबार मध्यरातमा प्रतिनिधसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने फैसला गर्‍यो। नेपालको संसदीय इतिहासमा विघटनको शृङ्खला यो छैटौँ हो। जसमा सबैभन्दा बढी एमाले नेतृत्वको सरकारको पालामा भएका छन्। ओलीकै पालामा दुई पटक सभा विघटन भए।

आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाउने भन्दै वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन सिफारिस गरेका थिए। लगत्तै संविधानको धारा ७६९५० बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरिन्। आह्वान अनुसार शुक्रबार प्रधानमन्त्री पदमा विश्वासको मत नपाउने भन्दै नयाँ सरकार बनाउन सिफारिस गरेका वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले नै शीतल निवास पुगेर फेरि नेतृत्व दाबी गरे। त्यसपछि विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै उम्मेदवारको दाबी नपुगेको ठहर गरेकी थिइन्। त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गर्‍यो। संविधानमा उल्लेख भए अनुसार प्रतिनिधसभा विघटन भएको छ महिनाभित्र अर्को निर्वाचन हुनुपर्छ।

ओली सरकारले यसअघि पुस ५ गते पनि प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेको थियो। जसलाई राष्ट्रपति भण्डारीले सहजै स्वीकृत गरेकी थिइन्। तर सर्वोच्च अदालतले उक्त विघटनलाई असंवैधानिक ठहर गरेपछि प्रतिनिधिसभा फागुन ११ गते पुनस् स्थापना भएको थियो।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा सुरु भएको विवादबाट सुरु भएको प्रधानमन्त्री ओलीको प्रतिनिधसभा विघटनको यो दोस्रो शृङ्खला हो। शुक्रबार मध्यरात प्रतिनिधसभा विघटन भएसँगै नेपालमा छैटौं पटक प्रतिनिधिसभा विघटन भएको छ।

नेपालमा २०५१ साल असार २६ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरिएको थियो। नेपाली कांग्रेसबाट प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सत्तारुढ दलभित्रै आन्तिरक कलहका कारण धन्यवाद प्रस्ताव असफल भएपछि प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो।

यस्तै, नेकपा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले २०५२ साल जेठ २६ गते प्रतिनिधिसभा विघटन गरेका थिए। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भएपछि उनले विघटन गरेका थिए। उक्त विघटनविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चमा प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइदिएको थियो। त्यसपछि प्रतिनिधिसभा पुनस्स्थापना भएको थियो।

तेस्रोपटक २०५४ साल पुस २४ मा प्रधानमन्त्री सूर्यबहादुर थापाले अविश्वासको प्रस्ताव सामाना गर्नुपर्ने भएकोले प्रतिनिधिसभा विघटन गरेका थिए। सर्वोच्चले त्यसविरुद्ध परेको रिटमा समावेदन बमोजिम अधिवेशन आह्वान गर्नुपर्ने फैसला गरेको थियो।

त्यस्तै, चौथो पटक नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रतिनिधसभा विघटन गरेका थिए। उनले पनि पार्टीको आन्तरिक कारणले विध्वंसात्मक कार्य नियन्त्रण अधयादेश पारित हुने सम्भावना पछि २०५९ साल जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसविरुद्ध परेको रिटलाई सर्वोच्चले खारेज गरेको थियो।

यसअघि पाँचौँ पटक ओलीले नै पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरे। विघटन सदर भए पनि अदालतले बदर गरिदियो। सोही प्रतिनिधिसभालाई तीन महिना लगत्तै ओलीले पुनः विघटन सिफारिस गरेका हुन्।

साभार पहिलो पोष्ट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार