गठबन्धनबाट बाहिरिए माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनबाट बाहिरिएको बताएका छन् ।

सोमबार आफ्नै निवासमा बसेको पाँच विपक्षी दलको बैठकमा उनले अब गठबन्धनमा आफू नरहेको बताएका हुन् ।

एमालेमा एकताको वातावरण बनेकाले अब आफू गठबन्धनमा नरहने नेपालले बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

आफूले साथ दिएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको बताउँदै उनले आगामी दिनमा आफ्नो पार्टी एमालेसँग पनि सल्लाह गरेर अघि बढ्न आग्रह गरेका थिए  ।

आफूले विपक्षी गठबन्धनलाई धोका दिएको रुपमा नबुझ्न आग्रह गर्दै उनले बदलिएको परिस्थितिअनुसार चल्नुपरेको बताएका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । सो बेला उनलाई माधव नेपालले साथ नदिने पक्का जस्तै छ ।

एमाले एकता अघि बढेको अवस्थामा उनले आफ्नो पार्टीका संसदीय दलको नेताको ह्विप मान्नुपर्ने हुन्छ । ओलीले देउवाको विपक्षमा मत हाल्न ह्विप जारी गर्ने पक्का छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार