प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले ‘सर्वोच्च अदालतको फैसला अनुसार’ मंगलवार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । सो भाषालाई लिएर देउवाले असहमति जनाएपछि शपथ कार्यक्रम केही ढिलो भएको थियो । शपथग्रहण समारोहमा एमाले वरिष्ठ नेता माधव नेपाल सहभागि थिए ।

यस्तै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन् ।

शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् । त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार