Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नैपर्छ

  • ८ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् ।

१ आँखा बन्द रहनुपर्छ

मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो ! यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वत: बन्द हुन्छन्, किनकि आँखाले हामीलाई बाहिरी संसारमा तल्लिन राख्छन् । यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा संसार बन्द भएको हुन्छ । अतः आँखाहरू बन्द रहेको बेलामा नै कुनै पनि कुरालाई आफूभित्र समाहित गर्ने प्रक्रिया सबैभन्दा उत्तम हुन्छ । जब तपाईं योग–आसनको अभ्यास गर्नुहुन्छ, तब तपाईं भित्री आयाममा केही गर्न चाहिरहनु भएको हुन्छ, त्यसैले आँखा बन्द राख्नु अपरिहार्य छ ।

२ पेट खाली हुनुपर्छ

योग–आसनहरूको अभ्यास गर्ने क्रममा तपाईंको पेट त खाली हुनुपर्छ नै, साथसाथै आन्द्राहरू पनि खाली रहनुपर्छ । यदि तपाईं आफ्ना ऊर्जाहरूलाई माथितर्फ प्रवाहित गर्न चाहनुहुन्छ भने, ती सबैथोक शरीरबाट बाहिरिएको हुनुपर्छ, जुन यो शरीर होइन । योग अभ्यासहरू व्यायाम होइनन्, यो तपाईंको शरीरलाई पुनर्गठन गर्ने अनि आफूले चाहेअनुसार नै आफूलाई पुन: निर्माण गर्ने विधि हो । त्यसो हुन दिनको लागि शरीरबाहेक अरू केहि पनि रहनुहुँदैन ।

योगमा हुनु भनेको स्वयं सृष्टिकर्तासँग साझेदारीमा हुनु हो— तपाईं सम्पूर्णतया आफ्नै प्रयत्नले त्यसो गर्न सक्नुहुन्न; तर, तपाईं उनलाई आवश्यक काम गर्न दिनको लागि उचित परिवेश सृजना गर्न सक्नुहुन्छ । जब तपाईंलाई पहिलो पटक निर्माण गरिएको थियो, त्यो तपाईंको रोजाइले भएको थिएन; त्यो वंशाणुगत स्मृतिको कारणले भएको थियो । तर, अब तपाईं आफूलाई एकएक चरण गर्दै पुन: निर्माण गर्न खोजिरहनु भएको हुन्छ— तपाईं जस्तो बन्न चाहनुहुन्छ, ठीक त्यस्तै नै ।

सृष्टिको स्रोतसँग साझेदारीमा रहनु भनेको विशाल बुद्धिमत्तासँग मिसिनु हो— यस्तो बुद्धिमत्ता, जुन तपाईंले सम्भव छ भनेर कल्पना समेत गर्न सक्नुहुन्न । यदि यस्तो हुनुपर्ने हो भने, कुनै पनि अवरोधहरू हुनुहुँदैन— तपाईंले खानुभएको खाना वा तपाईंको शरीरले उत्पादन गरेको मल, यी दुवै शरीरबाट बाहिरिनुपर्छ ।

३ चिसो पानीले नुहाउनु उत्तम

आफ्नो अभ्यास शुरु गर्नुअघि कोठाको तापक्रमभन्दा ५-६ डिग्री कम तापक्रमको पानीमा डुबुल्की लगाउनु वा शरीरमा पानी खन्याउनु सबैभन्दा उचित हुन्छ । यदि तपाईंले यसो गर्नुभयो भने, छालाका कोषिकाहरूबिच हुने छिद्रहरू खुल्दछन्, जुन योग–अभ्यासको निम्ति अपरिहार्य हुन्छ, किनकि हामी शरीरमा रहेका कोषिकाहरूको संरचनालाई एकदमै फरक आयामको ऊर्जाले भरिपूर्ण बनाउन चाहिरहेका हुन्छौँ । एकजना व्यक्तिको दाँजोमा अर्को व्यक्ति असाध्यै जीवन्त देखिनुको कारण पनि यही हो । जब कोषिकाहरूको संरचना ऊर्जाले भरिपूर्ण हुन्छ, यो निकै लामो समयसम्म ऊर्जावान् रहिरहन्छ ।

४ सुखम् स्थिरम् आसनम्

योग सुत्रमा भनिएको छ: सुखम् स्थिरम् आसनम् । योग–आसनहरूको अभ्यास गर्नुको अभिप्राय भनेको यस्तो अवस्थामा पुग्नु हो, जहाँ तपाईंको आसन आरामदायक र स्थिर हुन्छ । त्यस अवस्थामा तपाईं जतिसुकै घण्टा बस्नुभयो भनेपनि, भित्र कुनै पनि खलबली नपुऱ्याइकन तपाईंको शरीर त्यही स्थितिमा रहिरहन्छ । र, यही अवस्थामा तपाईंको बोध–क्षमता बढदै जान्छ ।

योग दैनिक रूपमा गरिनुपर्छ वा हप्तामा दुईपटक गरिनुपर्छ भन्ने विषय महत्त्वपूर्ण होइन । हामी शरीरलाई यस प्रकारले परिष्कृत गर्न चाहिरहेका हुन्छौँ, ताकि नयाँ आकार दिन सकौँ । तसर्थ, आफूमाथि आवश्यक कार्य गर्नको लागि तपाईंसँग जति समय छ, तपाईंले त्यति समय यसमा समर्पित गर्नुपर्छ ।

शरीर केवल माटो हो । तपाईंका कर्महरूको संरचनाले यसलाई पकाउँछ अनि यो ठोस बन्दछ । यसरी स्थापित भएको स्मृतिलाई नै कर्म भनिन्छ । त्यही स्मृतिको भण्डारले गर्दा नै शरीर र मनको स्तरमा हुने कुराहरू ठोस बन्दै जान्छन् । हामी त्यसैलाई उल्ट्याउने प्रयास गरिरहेका हुन्छौँ । योग–आसनहरू गर्नुको ध्येय के हो भने, तपाईं शरीरसँग यति गहिराइमा काम गर्नुहुन्छ कि केही समयपछि यो पुन: काँचो माटो जस्तै रहनेछ । त्यसबेला, ऊर्जाहरू सजिलै गतिशील हुने भएकाले तपाईं यसलाई आफूले चाहेको आकार दिन सक्नुहुन्छ ।

५ ऐना हेर्नु र सङ्गीत सुन्नु हानिकारक

तपाईंले हठ–योग अभ्यास गर्दा कहिल्यै पनि ऐना वा सङ्गीतको प्रयोग गर्नुहुँदैन । ऐनाको प्रयोग गर्ने प्रचलन जिम्न्यासियम (जिम) बाट आएको हो, किनकि उनीहरू आफ्ना शरीरको प्रशंसा गर्न चाहन्छन् । योगमा त्यस्तो मनोवृत्ति पटक्कै हुनहुँदैन । यदि तपाईंले थुप्रै योगीहरूलाई हेर्नुभयो भने, उनीहरूको शारीरिक संरचना कुनै खेलाडीको जस्तो हुँदैन— उनीहरू एकदमै सामान्य देखिन्छन् । उनीहरूमध्ये थुप्रैको त पुट्ट भुँडी पनि निस्किए हुन्छ, किनकी उनीहरू कहिल्यै पनि आफूलाई ऐनामा हेर्दैनन् ! उनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भित्री आयाममा माथि अनि अझ माथि जानु हो ।

यदि तपाईं आफूभित्र रहेको सृष्टिको स्रोतको सहकार्य चाहनुहुन्छ भने, तपाईंको शरीर, मन र ऊर्जा पूर्णतया संलग्न हुन आवश्यक छ । जब तपाईं ऐनामा हेर्नुहुन्छ, के तपाईं आफूलाई मात्र हेर्नुहुन्छ ? होइन । तपाईं अरू सबैलाई हेर्नुहुन्छ, होइन त ? आसनको अभ्यास गर्ने क्रममा तपाईंको मानसिक ध्यान केन्द्रित हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

प्राचीन योगको अभ्यास गर्नको लागि तपाईंको शरीर, मन, ऊर्जा अनि अन्तस्करण विशेष रूपमा संलग्न रहनुपर्छ । जबसम्म तपाईं शत–प्रतिशत रूपमा संलग्न रहनुहुन्न, त्यो जुन सृष्टिको स्रोत हो, जसलाई हामी प्राय: दिव्य भन्ने गर्छौँ, उनले तपाईंलाई साथ दिन सक्दैनन् । यदि तपाईं अलिकति पनि हिच्किच्याउनु भयो वा विचलित हुनुभयो भने, तपाईंको लागि दिव्यता उपलब्ध हुँदैनन् ।

६ अभ्यास गर्दा बोल्नुहुँदैन

आसनहरूले ध्यानको अवस्थामा रहन सहायता गर्छन् । तपाईं यत्तिकै स्थिर भएर रहन नसक्नु भएकोले नै ध्यानको अवस्थामा पुग्नको लागि अरू केहीको सहायता लिइएको हो । जुन स्थिति सबैभन्दा आरामदायक र स्थिर हुन्छ, त्यही तपाईंको आसन हो । जब तपाईंको शरीर सहज स्थितिमा रहन्छ, तपाईंको मन पनि सहज अवस्थामा हुन्छ अनि तपाईंका ऊर्जाहरू पूरै जीवन्त एवं सन्तुलित हुन्छन् । त्यसबेला, तपाईं यत्तिकै बस्नुभयो भने, तपाईं स्वत: ध्यानको अवस्थामा पुग्नुहुन्छ । यत्तिकै स्वाभाविक रूपमै ध्यानमग्न रहनको लागि योग–आसन प्रारम्भिक चरण हो ।

तसर्थ, यदि तपाईं बोल्नुभयो भने, शरीरमा मात्रै नभई ऊर्जाहरूको स्तरमा पनि थुपै कुराहरू नाटकीय ढङ्गले बदलिन्छन् । त्यसैले, योग–आसनहरूको अभ्यास गरिरहेको बेला नबोल्नु भनेको मानक मात्रै होइन— यो नियम हो । कुनै पनि आसनमा रहँदा तपाईं कहिल्यै पनि बोल्नुहुँदैन, किनकि तपाईंको ध्यान, श्वास र तपाईंको ऊर्जा प्रणालीमा जे भइरहेको छ, यी सबैथोक अत्यन्तै महत्त्वपूर्ण हुन्छ—तपाईं बोल्नुभयो भने, पूरै प्रणाली खलबलिन्छ । यदि तपाईं बोल्न चाहनुहुन्छ भने, कृपया आसनहरूको अभ्यास नगर्नुहोस्— बरु अरूसँग हिँड्दै जगिङ्ग गर्नुहोस् !

-सदगुरुको प्रवचनमा आधारित

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘लभ स्टोरी’

शारीरिक व्यायाम मात्र होइन योग

मनमा जस्तो तरंग हुन्छ, मस्तिष्कले त्यसरी नै काम गर्छ

किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?

मानिसले कसरी आनन्दको मार्ग समात्न सक्छ?

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

बोरामा शव, टाउकोमा चोट

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

श्रीलंकामा तेल सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki