Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिंगारु, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो

  • रुद्र सुवेदी
  • ४ वर्ष अगाडि

नेपालगञ्ज, २१ कात्तिक । आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका–४ का स्थानीयले लोप हुन लागेका सिंगारु, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन् ।

सल्यान, रुकुम, सुर्खेत सिम्ता क्षेत्र, जाजरकोटलगायतका पहाडी जिल्लाबाट बसाइ सरेर खजुरामा आएकाहरूको समूहले पछिल्लो समय डिजे तथा साउण्ड सिस्टमको प्रयोग गरी सांस्कृतिक कार्यक्रम गर्दा गर्रा (मयुर) नाच, सिंगारु नाच, लहरेनाच लोप हुन लागेकोले आफूहरूको सक्रियतामा युवादेखि जेष्ठ नागरिकसम्मको सहभागितामा मौलिक संस्कृति रक्षामा लागेको टोलीका अगुवासमेत रहेका ६७ वर्षीय रुपसिंह भण्डारीले जानकारी दिए ।

मयूर, सिंगारु र लहरे नाच संरक्षण गर्ने र मनोरञ्जन गर्ने उद्देश्यले देउसीभौलो कार्यक्रम गरेको उनको भनाइ छ । घाँटीमा टेम्केको डोरी मिलाउँदै उनले भने, ‘हराउँदै जान लागेको संस्कृति जोगाउन यो वर्षदेखि १४ वर्षका किशोरदेखि ७० वर्षका जेष्ठ नागारिकहरूको समूह बनाएर देउसीभैलो खेल्दै हिँडेका हौँ । यसले मनोरञ्जनसँगै संस्कृतिको संरक्षण गर्ने हाम्रो उद्देश्य छ ।’

टेम्के, बाँसुरी, मादलको तालमा ताल मिलाउँदै किशोरदेखि जेष्ठ नागरिकको टोलीले लहरे नाच, सिंगारु नाच र गर्रा नाच नाचेर देउसीभैलो खेल्दा अत्यन्तै रमाइलो महसुस भएको स्थानीय ६७ वर्षीय तुलबहादुर विश्वकर्माले बताए । उनले आफूमा रहेको सांस्कृतिक सिप अर्को पुस्तालाई सिकाउन पाउँदा खुसी लागेको बताए ।

उनले लहरे नाच, गर्रा नाच र सिंगारु नाच तीनवटै नाच आफू पनि नाच्ने र अरुलाई पनि नचाउने कार्यमा संलग्न भएको बताए । ‘हामीलाई हाम्रो संस्कृति हामीसँगै लोप भएर जान्छ कि भन्ने चिन्ताले सताएको थियो । तर, हामीसँगै हाम्रा सन्ततीले सिंगारु, गर्रा र लहर नाचप्रति आकर्षित भएकाले हर्षित भएका छौ, उनले भने ।

बाँसुरी तथा मादल र टेम्केको तालमा ताल मिलाउँदै नाच्न कठिन हुने शेरबहादुर विसीले बताए । यसैगरी सिंगारु नाचमा पुरुषले महिलाका वस्त्र लगाएर महिलाको जस्तो भेष बनाई नाच्ने गरिन्छ । गर्रा नाचमा मयूरको प्वाँखको विषेश पोषाक बनाई नाच्ने गरिने भएकोले यसलाई मयूर नाचसमेत भन्ने गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

धान दिवसको अवसरमा कृषक पुरस्कृत

क्यान्सरबाट ग्रसित बागलुङका टेक बहादुरलाइ सहयोगको याचना

नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

ताजा समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात  पत्रकार पुरस्कृत
पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा
एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

ट्रेन्डिङ

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com