बागलुङ, २६ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ ।
नवौं जिल्ला अधिवेशनबाट केसीले ३२९ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।
सोमबार विहान सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणम अनुसार अध्यक्षका प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहरसिंह पाईजाले ३४ मत प्राप्त गर्नुभयो ।
यस्तै उपसचिवमा गणेश बहादुर थापा (२९९) र डम्मर बहादुर श्रीस (२३४) मत प्राप्त गरि विजयी हुनुभयो ।
यस्तै उपसचिवमा गणेश बहादुर थापा (२९९) र डम्मर बहादुर श्रीस (२३४) मत प्राप्त गरि विजयी हुनुभयो ।
यस्तै खुल्ला सदस्यमा अमर थापा (४२७), शेखर खड्का (३९७), रुद्र पौडेल (३८४), सम्पन्न श्रेष्ठ (३६८), अनन्द बहादुर खड्का (३६३), नेत्र बहादुर विष्ट (३५८), प्रेम लामिछाने (३५७), बालकृष्ण शर्मा (३५६), पुनम प्रसाद शर्मा (३५६), इश्वरलाल राजभण्डारी (३५५), पवित्रा रोका (३५३), लोकेन्द्र बहादुर के.सी. (३५३), भुपेन्द्र खड्का ३४३), शिव शर्मा (३४२), यम बहादुर श्रीस थापा (३४२), दिपक गौतम (३३३), रुद्र बहादुर महत क्षेत्री (३३२), सन्दिप खड्का (३२६), खिम बहादुर थापा मगर (३२१), प्रेम बहादुर केसी (३१९), चन्द्र गणेश (३१३), जित बहादुर क्षेत्री राजन (३११), कृष्ण अधिकारी (३०८) र खगेन्द्र पौडेल (३०६) विजयी हुनुभएको छ ।
यस्तै भूगोल खुल्ला सदस्य (काठेखोला गाउँपालिका)मा खिम बहादुर कार्की (२५६) र खुम बहादुर भण्डारी (२४०) विजयी हुनुभएको छ ।
यस्तै सदस्य अल्पसंख्यक खुल्लामा ढालेन्द्र शेरचन (३४०) र लाल बहादुर छन्त्याल (२५२) विजयी हुनुभएको छ ।
शुक्रबारदेखि सुरु भएको एमाले बागलुङको अध्यक्ष, उपसचिव, खुल्ला सदस्य, अल्पसंख्यक र भूगोल सदस्य (काठेखोला गाउँपालिका)मा सर्वसम्मत नभएपनि आईतबार मतदान भएको थियो ।