Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष

  • ७ महिना अगाडि

पोखरा, २८ पुस । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन् । गुरुङले ४ सय ५६ मत पाउँदा बैरागीले ४ सय ७ मत पाए । गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन् ।

उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते । निकटतम प्रतिश्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन् । अधिकारीको ४ सय २१ मत आएको छ भने कोइरालाको ४ सय १३ मत छ । बाँकी पदाधिकारी बैरागी प्यानलका उम्मेद्वार विजयी भए । सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकीलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे । अधिकारीले ४ सय ७५ मत पाउँदा केसीको ३ सय ६४ मत मात्रै छ ।

उपसचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) र नवराज ओझा विजयी भएका छन् । लामाले सर्वाधिक ५ सय ४० मत ल्याएका छन् । अर्का विजयी ओझाले ४ सय ६३ मत मत पाए । पराजीत भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३ सय ५५ र मनबुजा विकले २ सय ३७ मत पाएका छन् । सदस्यहरुको मतगणना ११ बजेपछि गर्ने सहमति छ । ९ सय १९ मतदाता मध्ये कास्कीमा ८ सय ९४ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

ताजा समाचार

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : [email protected]
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki