Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

आज १३ माघ २०७८ बिहीबार : आजको राशिफल

  • ४ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडाैं, १३ माघ । १३ माघ २०७८ तदनुसार २७ जनवरी २०२२ बिहीबार । माघकृष्णपक्ष दशमी तिथि, वणिज करण, विशाखा नक्षत्र, वृद्धि योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः३९ मा सूर्यास्त हुनेछ ।

बिहान ११ः५५ देखि १२ः३८ सम्म अभिजित मुहूर्त रहेको छ । १ः३८ देखि २ः५९ सम्म राहुकाल छ । आजको देवता सूर्य र ग्रहदेव बुध छन् । बिहीबारका दिन अध्ययन, अनुसन्धानको कार्यका लागि उपयुक्त दिन मानिन्छ । कुनै शैक्षिक संस्थामा भर्ना गर्ने, शैक्षिक क्षेत्रको भ्रमण र पुस्तक र बालबालिकालाई शैक्षिक सामग्री खरिद गर्दा बिहीबारको दिन शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहीबार सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने फाइदा हुनेछ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ भएकाले परिवार र आफन्तजनबाटसमेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । चन्द्रमाको साथ रहेकाले मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । मनमा निकै हर्ष छाइरहने छ । आज बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन र कार्य सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन मनमा अति खुसी छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । आजको दिन कार्ययोजनाअनुसार काम गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज ३ जेठ २०७९, मंगलवार : आजको राशिफल

आज २ जेठ २०७९, सोमवार : आजको राशिफल

आज ३० वैशाख २०७९, शुक्रवार : आजको राशिफल

आज २५ वैशाख २०७९, आइतवार : आजको राशिफल

आज २० वैशाख २०७९, मंगलवार : आजको राशिफल

आज १९ वैशाख २०७९, सोमवार : आजको राशिफल

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki