Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

१० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य

  • ४ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

धनकुटा, २२ फागुन । मोरङको बुढीगंगा-४ को मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना अघि सारेको छ । कार्ययोजना अन्तर्गत तीन वटा स्कुल अन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा शंकाय सञ्चालन गरी २ हजार ८ सय ३१ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

विश्वविद्यालयले धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/०७९ का विषयमा पत्रकार तथा विद्यार्थी संगठन र शिक्षक संगठनसँग अन्तर्क्रिया गर्दै उक्त जानकारी दिएको हो ।

प्रदेश १ सरकारले कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको डिन डाक्टर प्रचण्डमान श्रेष्ठले बताए । उनका अनुसार प्रदेश १ सरकारले प्रदेशसभाबाट कानुन निर्माण गरी १६ असाेज ०७६ मा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको हो । दुई वर्षअघि नै कानुन निर्माण भएको भए पनि नियमावली र निर्देशिका बनाउनुपर्ने भएकाले सञ्चालनका लागि समय लागेको उनको भनाइ छ ।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्देश्यले विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका इन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । अबको आवश्यकता प्राविधिक शिक्षाको भएको र इञ्जिनियरिङ विषयको माग रहेको डाँगीको भनाइ छ । युवालाई प्राविधिक शिक्षातर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताए ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इञ्जिनियर युवराज चौधरीले बताए । पर्याप्त भौतिक संरचना र गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको उनको भनाइ छ ।

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको छ । प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइएको भए पनि यो वर्ष २४ कोटामा भर्ना लिइने भएको छ । विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित वर्ग १ गरी ४ वटा कोटा छुट्याएको छ ।

प्रदेश १ सरकारको अनुदानबाट विश्वविद्यालय सञ्चालन हुने भएकाले प्रदेश १ कै जनतालाई लाभ पुर्‍याउन कोटा छुट्याइएको अधिकृत सुजन भुर्तेलले जानकारी दिए । २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित र ९ कोटा खुला भएको उनले बताए ।

विश्वविद्यालयले ४ वर्षे स्नातक तह अन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि ५ लाख ८० हजार, विदेशीका लागि ८ लाख ४९ हजार ८ सय र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि ५ लाख ७० हजार र विदेशी विद्यार्थीका लागि ८ लाख ३९ हजार आठ सय रुपैयाँ शुल्क तोकेको छ ।

३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको र प्रतिमहिना आवास शुल्क ६ सय रुपैयाँ तोकिएको छ । आगामी चैत्र २ गतेसम्म भर्नाका लागि आवेदन खुला गरिएको र विलम्ब शुल्क तिरेर थप ७ दिन भित्रमा आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भए पनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डीन प्रधानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

बिहीबारसम्म वर्षाको सम्भावना, आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?

कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki