Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दिवा खाजाको प्रभावः बाटोमै अल्मल्लिएर बस्ने विद्यार्थी विद्यालय पुग्छन्

  • जितेन्द्र थापा
  • २ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

दैलेख १० चैत । दैलेखको भगवतीमाई गाउँपालिका-६ का गणेश विककाे उमेर आठ वर्ष पुग्याे । उनी वडा नम्बर-५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । सुरु सुरुमा बाटोमै अल्मल्लिएर बस्ने उनी अहिले निरन्तर विद्यालय जाने गर्छन् । सोही ठाउँकै कक्षा २ मा अध्ययनरत सुमन रेग्मीको पनि समस्या उस्तै थियो । उनलाई विद्यालय जान मन लाग्दैन थियो । अहिले विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम सुरु भएपछि उनी दैनिक विद्यालय पुग्छन् ।

दिवा खाजा प्रभावकारी बन्दै

दैलेखमा अहिले दिवा खाजा प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थी पनि निरन्तर विद्यालय आउने र पढाइ पनि गुणस्तरीय भएको शिक्षक सीता अधिकारी बताउँछिन् । ‘पहिले विद्यार्थी घरबाट विद्यालय पुगे पनि बीच बाटोमै बस्ने,रुने कराउने समस्या थियो,’उनले भनिन्,‘अहिले दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि खाजा खानकै लागि पनि विद्यार्थी विद्यालय निरन्तर पुग्छन् ।’

३२ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम

गाउँपालिकाको ३२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ । बालविका;देखि कक्षा ५ सम्म लागु भएको यो कार्यक्रम सकरात्मक र प्रभावकारी भएको भगवतीमाई गाउँपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत मानबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार २४ वटा विद्यालयमा खाद्य परियोजना र बाँकी रहेका आठवटा विद्यालयमा नेपाल सरकारको सशस्त्र अनुदानबाट सञ्चालन भइरहेको बताए । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यालय पुग्नेको संख्या बढेको, दिउँसो विद्यालयमा लुकेर जाने बालवालिकाको संख्या कम हुँदै आएको छ ।

दिवा खाजामा स्थानीय स्तरकै उत्पादन

भगवतीमाई गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत विक बताउँछन् । अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक खानेकुरालाई जोड दिएका छौँ,’ उनले भने, ‘अहिले पनि स्थानीय जातका खानेकुरा नभेटेपछि केही विद्यालयले मात्र चामल अन्यले स्थानीय स्तरकै उत्पादनमा जोड दिएका छन् । स्थानीय स्तरकै अर्गानिक खानेकुरालाई जोड दिँदा स्थानीय किसानको आयआर्जन बढेको छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki