Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

आज २० वैशाख २०७९, मंगलवार : आजको राशिफल

  • २ हप्ता अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडाैं, २० वैशाख ।

२० वैशाख, २०७९ मंगलबार । तद्नुसार मे महिनाको ३ तारिख २०२२ । वैशाख शुक्लपक्ष अक्षय तृतीया,(सनातन धर्मावलम्बीका लागि आजको दिन महत्वपूर्ण दिन हो) आज परशुराम जयन्ती पनि हो ।

मुश्लिम धर्मावलम्बीको इद उल फितर पनि हो । आज सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको छ । आज विश्वप्रेस स्वतन्त्रता दिवस पनि परेको छ ।

आज बिहान सूर्योदय ५ः२४ मिनेटमा भएकाे छ भने सूर्यास्त १८ः३८ मा हुनेछ । रोहिणी नक्षत्र, शोभन योग, चन्द्रमा वृष राशिमा छ। आज बिहान ११ः३५ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । आजको देवता वृहस्पति र ग्रहदेव शुक्र हुन् । आजको दिन तपाईंले जुनसुकै शुभकार्य गर्न सक्ने दिन हो ।

आजको दिनलाई वर्ष भरीको महत्वपूर्ण दिन मानिन्छ । त्यसैले आजको दिनलाई अक्षय तृतीया पनि भनिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज मेष राशीका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशी भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम छ । तपाईंको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दूरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ । आजको दिन शुभ दिन छ । चन्द्रमाको साथ छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ छ । तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्‍नति र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा राम्रो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिल्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने मनमा प्रशन्नता बृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आकस्मिक मानसम्मान र अवसर प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घरपरिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईंले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्द प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राका लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्रामा जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्‍न सकिँदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापारबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामान लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा उल्लास रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ । कसैप्रति पनि बैरभाव नराख्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मीन राशि भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन जान सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज ३ जेठ २०७९, मंगलवार : आजको राशिफल

आज २ जेठ २०७९, सोमवार : आजको राशिफल

आज ३० वैशाख २०७९, शुक्रवार : आजको राशिफल

आज २५ वैशाख २०७९, आइतवार : आजको राशिफल

आज २० वैशाख २०७९, मंगलवार : आजको राशिफल

आज १९ वैशाख २०७९, सोमवार : आजको राशिफल

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki