Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

आज २५ वैशाख २०७९, आइतवार : आजको राशिफल

  • २ हप्ता अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडाैं, २५ वैशाख

२५ वैशाख, २०७९ आइतबार । तद्नुसार मे ८ वैशाखशुक्ल पक्ष सप्तमी, रविसप्तमी, गंगासप्तमी, वणिज करण, पुष्य नक्षत्र, गण्ड योग, चन्द्रमा कर्कट राशिमा छ ।

आज बिहान सूर्योदय ५ः१९ मिनेटमा भएकाे छ भने सूर्यास्त ६ः४१ मा हुनेछ । आजको देवता अग्नि र ग्रहदेव शनि हुन् । आइतबार सूर्यनारायणको नमस्कार गर्नु उत्तम मानिन्छ । साताको पहिलो दिन हो । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आज बिहान ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्तको समय हो । यो समयमा गरेको काम निकै सफल हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्‍याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए बापत मानसम्मान मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : ब्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ । कसैलाई पनि अपमान हुने कार्य नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । कसैप्रति पनि आग्रह पूर्वाग्रह नराख्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो ।साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मका काममा लाग्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज ३ जेठ २०७९, मंगलवार : आजको राशिफल

आज २ जेठ २०७९, सोमवार : आजको राशिफल

आज ३० वैशाख २०७९, शुक्रवार : आजको राशिफल

आज २५ वैशाख २०७९, आइतवार : आजको राशिफल

आज २० वैशाख २०७९, मंगलवार : आजको राशिफल

आज १९ वैशाख २०७९, सोमवार : आजको राशिफल

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki