Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

नक्कली ‘सिंगिङ बउल’को बिगबिगी

  • ४ हप्ता अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

काठमाडौं, २४ जेठ । लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउल भेटिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । पुख्र्यौली पेशाको रुपमा सिंगिङ बउल बनाउँदै आएका शाक्यको आफ्नै ब्राण्ड छ ‘फुलमुन बउल’ जुन बउलमा उनको आफ्नै लोगो र नेवारी लिपिमा ‘कसाहा’ लेखेका छन् । ‘कसाहा’ भन्ने शब्द उनको ट्रेडमार्क हो । तर, पछिल्लो समय नक्कली सिंगिङ बउल निर्माताले आफ्नो कम्पनीको लोगो र नाम राखेर उत्पादन गरिदिएकाले समस्या परेको उनले बताए ।

काठमाडौंमा मंगलवार आयोजित कार्यक्रममा शाक्यले भने ‘बजारमा पाइने विभिन्न बउलमा मेरो कम्पनीको लोगो र सिग्नेचर समेत राखेको भेटेँ ।’ यो बनाउन विषेश किसिमको धातु र सीपको आवश्यकता पर्छ । अहिले बजारमा पाइने सबै किसिमका बउलमा उपयुक्त धातु मिसिएको हुँदैन ।

शाक्यले नामाकरण गरेको ‘फूलुमुन बउल’ पूर्णिमाको रातमा मात्रै बनाउने गरेको बताए । ‘यो फुलमुन बल सबै समयमा बनाइदैन हामी विभिन्न सात किसिमका धातु राखेर हरेक पूर्णिमामा मात्रै बनाउछौं र त्यसकारण यो विषेश खालको हुन्छ ।’ यसबाट आउने ‘साउन्ड’ अन्य बलको भन्दा फरक हुने बताए ।

विदेशमा आफूले बनाएको फूलमुन बउल लोकप्रिय र विश्वसनीय भएको जानकारी दिँदै शाक्यले नक्कली बउल उत्पादनले आफ्नो मात्रै नभएर सिँगै नेपालको बद्नाम हुनसक्ने बताए । ‘व्यापार जसले पनि गर्न पाउँछ मेरो कुनै गुनासो छैन तर अन्य कम्पनीले मेरो लोगो र नाम नराखुन् ।’ उनले भने ।

उनका अनुसार मन्दिरको हरेक घन्टको आवाज फरक फरक भएजस्तै सबै फूलमुन बउलको साउन्ड फरक हुन्छ । ‘हामी आवश्यक कच्चा पदार्थमा कहिल्यै कम्प्रमाइज गर्दैनांै र निकै मिहिनेतका साथ बनाउँछौं त्यसकारण हामीले बनाउने बउलको साउन्डमा एकरुपता हुन्छ ।’ उनले भने ।

यो बउल पहिला पहिला विषेशगरी गर्भवती र सुत्केरी महिलालाई खाना खुवाउन प्रयोग गर्ने चलन थियो । कारण उक्त भाँडोमा खाना खाँदा गर्भवतीले आवश्यक खनिज पदार्थ पाउथे ।

अहिले भने सिंगिङ बउलबाट साउण्ड थेरापी गर्न सकिन्छ । युरोप, अमेरिकालगायतका मुलुकमा डिप्रेशनमा गएकालाई सिंगिङ थेरापीबाटै उपचार गराउने चलन छ । नेवार समुदायको मृत्यु संस्कारमा पनि बउल नभइ हुँदैन । कसैको मृत्यु भैसकेपछि काँसको भाँडामा पानी खुवाएपछि मृत्यु घोषणा गरिन्छ ।

अङ्ग्रेजीमा सिङ्गिङ् बउल भनेर भनेर चिनिने बटुकोलाई नेपाल भाषामा ‘बाटा’ भनिन्छ । नेवारी परम्परा र संस्कृतिमा ‘बाटा’को महत्व विशेष खालको रहेको शाक्यको भनाइ छ । उनी भन्छन् ‘नेवारी परम्परामा ‘जानेगु बाटा’ भनेर सुत्केरीलाई यसमा खाना खुवाइन्छ । साथै मृत्यु हुँदा काँसको सानो कचौरा मृतकको मुखमा राख्ने चलन छ । यसलाई ‘कें ख्वाला’ भनिन्छ । तर आजभोलि काँसको प्रयोग घट्दै गएकाले यो परम्परा हराउँदै गएको छ ।

सिङ्गिङ् बउल तान्त्रिक योग र साधानामा प्रयोग हुने महत्वपूर्ण उपकरण भएको शाक्यको भनाइ छ । ‘यसले हाम्रो शरीरको नसालाई कम्पन र झङ्कार दिन्छ ।’ उनले भने । धार्मिक शास्त्रअनुसार वज्रयानका अनुसार हाम्रो शरीरमा पाँच र हिन्दू शास्त्रका अनुसार सातवटा चक्र हुन्छ ।

सिङ्गिङ बउलको ध्वनिले ती चक्रहरूमा कम्पन उत्पन्न गराउँछ सिङ्गिङ् बउलको ध्वनिले मस्तिष्कको रक्तसञ्चारलाई प्रभाव पार्छ । शरीरमा जति मात्रामा रक्तसञ्चार हुन्छ, त्यति नै ध्वनिको आवश्यक पर्छ । रक्त सञ्चार सही तरिकाले भयो भने दिमागमा आनन्द आउँछ ।

सिङ्गिङ् बउलबाट धेरै खालका ध्वनि उत्पन्न हुने र त्यसले फरक फरक रोगको उपचार गर्न सकिने उनले बताए । तर, फरक फरक समस्याका लागि फरक फरक ध्वनिको उपयोग गर्नुपर्ने उनको सुझाव छ । एउटा सिङ्गिङ बउलबाट सयभन्दा बढी प्रकारका ध्वनि निस्कने उनले बताए । उनले भने, ‘म कहाँ बढी मात्रामा महिला उपचार गर्न आउँछन् ।’ विशेषगरी महिनावरी हुँदा नारीहरूमा मानसिक तनाव उत्पन्न हुने भएकाले विश्वमा करिब ९० प्रतिशत महिलामा माइग्रेनको समस्या हुने गरेको उनले बताए ।

माइग्रेसन पीडितका लागि सिङगिङ बउलको उपचार अचुक विधि भएको उनको अनुभव छ । तर, एकै खालको समस्या भए पनि प्रत्येक व्यक्तिमा फरक फरक रक्त समूह हुने भएकाले फरक फरक ध्वनिको प्रयोग गर्नुपर्ने उनले बताए ।

उनको भनाई अनुसार मुख्यतः यो विधिले नसा र मानसिक रोगीका बिरामीका साथै कान कराउने समस्यालाई पनि उपचार गर्न सकिन्छ । औषधि खाएर वा शल्यक्रिया गरेर उपचार नहुने रोगलाई पनि उपचार गर्न सकिन्छ । यो विधिबाट तनाब, विषाद हुने, मनमा कुरा खेलाउने समस्या भएकालाई पनि उपचार गर्न सकिने उनले बताए ।

परम्परागत महत्व
प्राचीन कालमा तिब्बतमा सिङ्गिङ् बउल उपचारका लागि मस्तिष्कलाई ताजा बनाउन र ध्यानका लागि प्रयोग हुन्थ्यो । यसले एक विशेष खालको ध्वनि निकाल्ने हुनाले शरीरमा रहेका रोग तथा अन्तरात्ममा रहेका विषाक्त तत्वहरूलाई दूर गर्छ भन्ने विश्वास थियो । तिब्बतमा सिङ्गिङ बउलको प्रवेश नेपालबाटै भएकोे त्यहाँका लामाहरूको मत छ ।

सामान्यत : सिङगिङ बउल दुई खालको हुन्छन् । मेडिटेसन र हिलिङ बउल । योग गर्ने समयमा बजाइने बउल मेडिटेसन बउल हो । यसलाई हातले नै बजाउनुपर्छ भन्ने छैन । यसले ध्वनि मात्र दिन्छ । हिलिङ बउलको नाम ठाउँअनुसार फरकफरक हुन्छ । अमेरिकामा यसलाई हिलिङ बउल, युरोपमा मसाज बउल र जापानमा सिराइन बउल भनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

ब्याटल भूमिको घोषणा

नक्कली ‘सिंगिङ बउल’को बिगबिगी

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

पल प्रकण : नबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

‘द कश्मीर फाइल्स’ सफलताको पाँच कारण

विक्की र कटरिनाले गरे विवाह दर्ता

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

बोरामा शव, टाउकोमा चोट

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

श्रीलंकामा तेल सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki