Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कुलो बगेपछि ढोरपाटनका तीन सय ५० परिवार बिजुलीबिहीन

  • १ वर्ष अगाडि

बागलुङ, ५ असोज । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।

एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो ।

ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने ?” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो ।

भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।

“पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै

बिस्केट जात्रा ःआज बिहान रथलाई गःहिटी पुर्‍याइयो

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य

ताजा समाचार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

ट्रेन्डिङ

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com