Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा गुरुङ

  • १ वर्ष अगाडि

गण्डकी, ५ भदौ । घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सहसचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली रहनुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको उल्लेख गर्नुभयो । कास्कीको उत्तरी भेगस्थित पर्यटकीय घान्द्रुक गाउँ हँुदै अन्नपूर्ण आधार शिविर, पुनहिल, घोडेपानी, टाडापानीलगायत स्थानमा साहसिक पदयात्रा गर्न सकिने भएका कारण पनि यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको स्थानीय युवा व्यवसायी अमृत लामा गुरुङले बताउनुभयो । घान्द्रुक ढुङ्गैढुङ्गाले छाइएका घर तथा छापिएका टोल बस्तीका कारण यसले ढुङ्गेली गाउँका रूपमा पहिचान बनाएको छ ।

कास्कीमा दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता

कास्कीमा आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाताले भाग लिने भएका छन् । यसअघिको स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता थिए । जिल्लामा यस बीचमा करिब १० हजार मतादाता थपिएका छन् ।

कुल मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख ३९ हजार ४२ र महिलाको सङ्ख्या एक लाख ५२ हजार पाँच सय २२ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कुल तीन सय ४४ मतदान केन्द्र छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै

बिस्केट जात्रा ःआज बिहान रथलाई गःहिटी पुर्‍याइयो

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com