Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • १ वर्ष अगाडि

२३ कात्तिक, धनगढी । डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए ।

उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ ।
भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।साभार : अनलाइन खबर

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

मेयर देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमा

करेन्ट लागेर बागलुङमा एक बृद्धको मृत्यु

आज भाइटिका मनाइँदै, उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

आज गोवर्द्धन, बली, गोरु र हली पूजा मनाइँदै

देवचुली नगरपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

ताजा समाचार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

ट्रेन्डिङ

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com