Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

  • २ हप्ता अगाडि

खलङ्गा, ३ माघ। दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो । यो वर्ष समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् । लामो समयसम्म नियमित वर्षा नहुँदा मुहानहरुमा पानीको मात्रा घटेकाले स्थानीयवासी अभाव बेहोर्दै आएका छन् ।

नियमित वर्षा नभएकाले पनि पहाडी क्षेत्रमा खानेपानीको समस्या बर्सेनि बढ्दै गएको छ । शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या भएको स्थानीयवासी श्याम सिंह धामी बताउनुहुन्छ । उक्त क्षेत्रका करिब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ ।

जिल्लाका नौवटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको सोही वडाका वडाध्यक्ष जगदीशसिंह धामी उल्लेख गर्नुहुन्छ ।

त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीको भनाइ छ । । जिल्लाको धेरैजसो ठाउँमा लिप्टिङ खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीहरुले खानेपानीको समस्या झेल्नुपरेको छ ।

शैल्यशिखरका केही बस्तीमा खानेपानीका केही मुहान बर्खायाममा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । क्षतिग्रस्त मुहानलाई स्थानीय सरकारले अहिलेसम्म मर्मत गर्न कुनै चासो नदेखाएको अर्का स्थानीयवासी गोपाल सिंह धामीको गुनासो छ ।

जिल्लाका अधिकांश ठाउँमा सडकलगायत भौतिक संरचना निर्माणका कामले क्षति पु¥याउँदा मुहानहरु पुरिएर खानेपानीको समस्या भएको छ । जलवायु परिवर्तन, जथाभावी निर्माण कार्य, भू–क्षय, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाशआदिले गर्दा पानीका मुहान नासिदै गएको जानकारहरुको भनाइ छ ।

भौगोलिक विकटता र माथिल्लो भागमा बस्ती तर खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन । लिफ्ट सिस्टमजस्ता प्रविधिको प्रयोग सहज छैन । महगो प्रविधि र त्यसमा फेरी सञ्चालनको झन्झट पनि भएकाले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

योजना आयोगमा तीन सदस्य नियुक्त

बजारमा आउन थाले विसं २०८० का पात्रो

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

ताजा समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग
पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक
गाउँमै स्वास्थ्य सेवाको पहुँच
गाउँमै स्वास्थ्य सेवाको पहुँच

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki