Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा

  • ६ दिन अगाडि

ढोरपाटन, ११ माघ। साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ सहरको योजनामा सूचीकृत गरेको सात वर्ष बितिसक्यो । तर अहिलेसम्मको प्रगति हेर्ने हो भने उत्साहजनक छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ ।

हरेक वर्ष बुर्तिबाङका लागि करोडौँ बजेट विनियोजन गर्ने गरिएको छ । तर हालसम्म पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुनसकेका छैनन् । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना बुर्तिबाङमा करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयवासीको गुनासो छ । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० सहरमध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७२÷७३ देखि पूर्वाधार थालिएको हो । सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत काम अझै हुन नसकेका स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।

“बजार क्षेत्रको सडक साँघुरो छ, दुर्घटनाको जोखिम छ”, उहाँले भन्नुभयो । बजार क्षेत्रका चोक, फुटपाथ र गल्ली जोखिमयुक्त छन् । बसपार्क साँघुरो छ । खानेपानीको समस्या पनि उस्तै छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका वडाध्यक्ष बानबहादुर छन्त्यालले नयाँ सहर आयोजनाको काम सन्तोषजनक नभएको बताउनुभयो । “बजार क्षेत्रमा खोलाको जोखिम छ, यसतर्फ ध्यान गएको छैन”, उहाँले भन्नुभयो ।

बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न नयाँ सहर आयोजना सञ्चालन गरिएको हो । आव २०७२÷७३ मा बुर्तिबाङमा आयोजना कार्यालय स्थापना भएपश्चात १४ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको सहर आयोजना बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । करिब एक किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन भएको छ । कुत्थाप्लामा आयोजनाको कार्यालय निर्माण गरिएको छ । बसपार्क, उद्यानलगायत काम अझै अधुरै छन् । व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनीभन्दा बढी जग्गा खरिद गरेको प्रमुख अधिकारीले बताउनुभयो ।

“बाँकी पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त हुन सकेको छैन”, उहाँले भन्नुभयो, “चारवटा मुख्य सडक निर्माण गर्न बाँकी छ ।” आयोजनाको एक हजार रोपनी जग्गा किन्ने लक्ष्य छ । आयोजनाका लागि चालु आवमा रु १५ करोड ६० लाख विनियोजन भएको अधिकारी बताउनुहुन्छ । भब्रेटामा सभाहलको काम सुरु भएको छ । खप्तरीबाङमा बसपार्क निर्माणको तयारी छ । हाटबजार र बुर्तिबाङ बजार संरक्षणका लागि तटबन्धको काम अझै हुनसकेको छैन । बजार क्षेत्रमा सरकारी जग्गा अभावका कारण बाहिर जग्गा खरिद गरेर संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ताजा समाचार

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका
विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki