Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

  • ६ दिन अगाडि

काठमाडौँ, ११ माघ। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । अदाललते दिएको यसअघिको आदेशमा भनिएको छ, “अदालतले २०७५ । ३ । ६ मा अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सातदिनभित्र झिकाउनु ।” अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रियस्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ताजा समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki