Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

  • ९ महिना अगाडि

काठमाडौँ, १६ फागुन। पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको हो । चोरी भएको मूर्ति भेटेर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा राखेर पुनः प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि उत्खनन गर्दा अर्को घरले मन्दिरको जग्गा मिचेको भेटिएको पनि उहाँले सुनाउनुभयो ।

नेपालमै ब्रह्माको मन्दिर अन्यत्र भएको जानकारी नभएको महानगरपालिकाको सम्पदा एवं संस्कृति समितिको संयोजकसमेत रहनुभएका वडाध्यक्ष सङ्गतले बताउनुभयो । मुलुककै दुर्लभ मूर्ति ५० वर्षदेखि प्रहरी कार्यालयमा रहेकाले मन्दिर बनाएर पुनःस्थापित गर्ने अभियानमा लागिएको वडा कार्यालयले जनाएको छ ।

विसं २०२२ को नापीमा मन्दिर क्षेत्रमा घर थिएन । विसं २०४२ मा भने घर बनिसकेको नापीका क्रममा भेटिएको थियो । घरधनी मन्दिरको जग्गा छोड्न तयार भएपछि मन्दिरले चर्चेका जग्गा खुला छोडिने भएको छ । ब्रह्मा मन्दिरको क्षेत्र पहिले सात आना भएकामा अहिले डेढ आनामा खुम्चिएकाले खोजबिन गरिनुपर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

मेयर देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक सञ्जाल फेसबुकमा

ताजा समाचार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा
आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

ट्रेन्डिङ

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

अत्यावश्यक काम बाहेक अन्य काममा सवारि नचलाउनु हुन ट्राफिक प्रहरी को अनुरोध (सुचना सहित )

पर्यटन प्रबर्धनका लागि ३ दिने पत्रकारिता तालिम

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com