चन्द्र गणेश
बागलुङ, भदौ २४ गते । बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कालगायत बागलुङ नगरपालिकाका जनप्रतिनधी तथा कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्क निर्माणमा आर्थिक अनियमितता भएको भन्दै विशेष अदालतमा गैरहानूनी लाभ गरी आर्थिक अनियमितता गरेको भन्दै मद्धा दायर गरेको थियो ।
विशेष अदालतका न्यायाधीस यमुना भट्टराइ र खुसी प्रसाद थारुको इजलासले खड्का सहित आठै जनालाइ सपाइ दिएको हो । बागलुङ बसपार्क निर्माणको काममा कामै नभएकोलाइ काम भएको भनी गलत प्रतिवेदन दिएको र ५ लाख ९० हजार रुपैयाँ बढी रकम भुक्तानी दिइ भ्रष्टाचार गरेको भन्दै अख्तयारले मुद्धा दर्ता गराएको थियो ।
विशेष अदालतले बाग्लुङ नगरपालिकाका तत्कालिन उपमेयर सुरेन्द्र खड्का, ४ नम्बर वडा अध्यक्ष ध्रुवबहादुर केसी, नगरपालिकाका प्राविधिक प्रमुख दयाराम अधिकारी, इन्जीनियर मनोज शर्मा, सवइन्जिनियर घनश्याम रिजाल, दावगरा बसपार्क निर्माण उपभोक्ता समितीका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीधी शर्मालाइ सफाइ दिएको इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।