पोखरा, प्रदेश लोकसेवा आयोगले ठूलो सँख्यामा कर्मचारीको विज्ञापन आव्हान गरेको छ । आयोगले बुधबार प्रकाशित गरेको विज्ञापन अनुसार प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौ र सहायक पाँचौ तहका प्राविधक तथा अप्राविधक पदहरुमा विज्ञापन आव्हान गरेको हो ।
प्रदेश लोकसेवा आयोगका अनुसार सातौ तहमा ७५ जना, पाँचौ तह प्राविधकतर्फ ३९९ जना र पाँचौ तह अप्राविधकतर्फ १८२ जना कर्मचारी माग भएको हो । सातौ तहमा प्रशासकीय अधिकृत, राजश्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर (जनरल, स्यानिटरी, इरिगेशन), सव इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू-संरक्षण सहायक, प्राविधिक सहायक पाँचौ तहमा स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिक्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, बरिष्ठ लेखा सहायक, वरिष्ठ आलेप सहायकलगायत रहेका छन् ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् भने दरखास्त दिने अन्तिम मिति मंसिर ५ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन सकिने छ ।
विज्ञापनको विस्तृत
16987686938274