सुजन रेग्मी
बागलुङ, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सँघीयताको विरुद्धमा लाग्ने शक्तीका विरुद्ध लाग्न पार्टी कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस बागलुङको बागलुङ बजारमा सुरु भएको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले काँग्रेसको दायीत्व सँविधानको रक्षा गर्नु भएकोले सँविधान कार्यान्वयन गरेर छाड्ने बताउनुभयो ।
नेपाली काँग्रेस देशको मुख्य पार्टी भएकाले सँविधानको रक्षा र कार्यान्वयन गर्नु काँग्रेसको मुख्य दायीत्व भएको भन्दै देउवाले कार्यकर्ताहरुलाइ पार्टीलाइ पहिलो शक्तीको रुपमा कायम राख्नेगरी काम गर्न आग्रह गर्नुभएको थियो । पार्टीभित्र वेकारका मागहरु आउँदा आफुले वेवास्ता गरेको भन्दै देउवाले जायज माग सम्बोधन गरेर अगाडी बढीरहेको उहाँको दावी थियो ।
दुइ दिनसम्म चल्ने सम्मेलनमा जिल्लाभरबाट १ हजार ६ सय जना प्रतिनिधी र अतिथी गरी २ हजार बढीको सहभागीता रहेको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो । सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र संगठन विभागका प्रमुख मधु आचार्यले प्रशिक्षण दिनुहुनेछ ।