सुजन रेग्मी बाग्लुङ
नेपालको पुरानो पुस्तकालय बिध्यामन्दिर् पुस्तकालय बागलुङले लक्ष्मी पुजाको दिन पारेर ११५ औ लक्ष्मीप्रसाद देवकोटा जयन्ती प्रतियोगितात्मक कबिता गाेष्ठी गरेर मनाएको हो ।
कार्यक्रमममा पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकबि लक्ष्मी प्रसाद देवकोटाकाे ब्यक्तित्व साहित्यक याेगदान बारे चर्चा गर्नु भएको थियो । देवकोटा एक साहित्यकार मात्र नभइ राजनीतिक सामाजिक ब्यक्तित्व समेत रहेको नेपाली साहित्य र भाषालाई बिश्व समुदायमा चिनाउने काम गरेको कार्यक्रममा राजभण्डारीले बताउनु भएको थियो ।
कबिता गाेष्ठीमा राजेशचन्द्र राजभण्डारी ,बिजय श्याम राजभण्डारी ,काेपिला कडेल ,गाेविन्द सुवेदी ,पुस्पिका सुवेदी ,रामचन्द्र सापकोटा ,चुडामणि आचार्य ,लगायतका साहित्यिक अनुरागीहरूले कबिता बाचन गर्नु भएको थियो ।
प्रतियोगितामा बिजय श्याम राजभण्डारी प्रथम केशव रेग्मी दृतिय र रामचन्द्र सापकोटा तृतीय भइ पुरस्कृत हुनु भएको थियो ।