काठमाडौँ । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर भाइ टीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरूले एक अर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेल रोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरि नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।
भाइटिकाको दिनलाई नेवार समुदायले किजा पूजाका रूपमा मनाउँछन् ।